Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

विरोध गर्नेहरुले कार्यसमितिमा बस्ने हिम्मत पनि गरौं



narendra-basnet2
घर देशमा २० बर्ष पछिको स्थानीय चुनाबले जनमानसमा केहि सकारात्मकताको आसा हरु पलाएका छन । नेपाली राजनीतिको इतिहासलाइ केलाउने हो भने बिगतका दिन देखि आजको दिनसम्म निरन्तर राजनीतिक परिबर्तन मात्रै भैरहे । देश कहिले परिबर्तन हुन सकेन । जनताहरु एक किसिमले टुटीसकेका छन् । थलथलिएका छन् । अनि विछिप्त पनि भएका छन । तर, पनि आसा गर्नुको बिकल्प नभएकोले देशको मुहार फेरिने आसाको किरण मनमा राखेर स्थानीय निर्बाचनमा होमिएका छन ।

झन्डै ६० लाख भन्दा बढी नेपालीहरु देश बाहिर रहेको भनिएको अनुमानित आंकलनले देखाउछ भने यति ठुलो संख्या आफ्नो मताधिकारबाट बन्चित हुनु पनि अर्को दुःखद पक्ष छ्र मातृभूमिमा स्थानीय निर्बाचनको चटारो हुदै गर्दा परदेशमा गैरआवासीय नेपालीहरुको संस्था एनआरएनए पनि हरेक दुइ बर्षमा हुने आफ्नो नया नेतृत्वको चयनको लागि आफ्ना संजाल भएको राष्ट्रहरुमा राष्ट्रिय अधिबेशन गराउने चटारोमा छ्र ।

राष्ट्रिय अधिबेशनको चटारो बढे संगै प्रत्येक दुइ बर्षमा रिन्यु गर्नु पर्ने एनआरएनको सदस्यता र नयाँ सदस्यता दर्ताको लागि देश–देशका राष्ट्रिय समन्वय समितिहरु निश्चित समय अबधि तोकेर सदस्यता अभियानलाइ तिब्रता दिदै आएका छन । जस अनुरुप एनआरएनए जापानले पनि यहि मे ३१ तारिक सम्मको लागि रिन्यु गर्ने र नया सदस्यता लिने समय तोकेको छ्र । एनआरएनए अभियानले यति लामो अध्याय पार गर्न खोज्दै गर्दा पहिलोपटक धेरै जनाले ‘एनआरएनको सदस्यता कहिले खुल्छ मलाई पनि खबर गर्नुस है सर,दाइ भाइ’ आदि इत्यादी भन्ने कुराहरु सुन्न पाउँदा एउटा अभियन्ताको हिसाबले खुसि लागेको छ । तर, अर्को पाटोमा पैसा तिरी तिरी एनआरएनको सदस्यता किन लिने के पाइन्छ ? सदस्यता लिएर,फाइदा के के हुन्छ ? भन्नेहरुको लहर पनि त्यत्तिकै छ्र । यस्तै बिबिध कुराहरुलाई केलाउदै जादा दुइबर्ष अगाडी एक जना पुराना नेपाली आफ्नो नामको अगाडी डा.उपाधि भएकालाइ सदस्यता लिन आग्रह गर्दै जानकारी गराउदा फारम भर्ने क्रममा आफुले भर्ने ब्यक्तिगत विवरणहरुको बारेमा संस्थाप्रति बिस्वस्त हुन नसक्ने भएकोले यो पटक लाइ ‘सरि’ है भन्दै पन्छिएको याद आयो ।
एउटा समाजको अगुवा जस्तो सिनियर व्यक्तिले औला मात्र तेस्र्याएर आफ्नो स्वार्थी पाराले पन्छिनुको साटो आफ्नो ज्ञान र सिप सेयर गरेर यसको प्रबर्धनमा लागिदिएको भए अथवा लगिदिने भए कति सुन्दर हुने थियो होला एनआरएन अभियान । तर, यसो हुन सकिरहेको छैन ।

२००४ को फेब्रुअरी २ मा स्थापना भएको एनआरएन जापान हालसम्म अन्धाधुन्द पाराले चलिरहेको छ, जस्तो अनुभूत हुन्छ घरि घरि । यद्दपी पछिल्लो समय युवाहरु बिशेषरुपमा सक्रिय भै केहि परिमार्जनको प्रयास भने हुदै गरेको अवस्था छ्र । सुरुवातका दिनमा केहि राम्रा कुरा र योजनाहरुलाइ अगाडी सारेर कस्सिएको एनआरएन जापानको ति योजना र मिठा कुराहरु ठ्याक्कै नेपालको नेताहरुको भाषण जस्तै भएकोले जनमानसमा प्राथमिकताको बिषयमा पर्न सकेन सायद । यस्तै व्यथा अन्य देशको एनआरएनएमा पनि होला । किनकी जुन देशमा गए पनि आखिर नेपाली न हुन, आफ्नो जात जनाइनै हाल्नुपर्छ । एनआरएनए अभियान आफ्नै खर्च र समय निकालेर समाज र देशको लागि गर्ने सामाजिक अभियान भएकोले अत्यन्तै खर्चिलो त छदैछ, साथमा अब्जसिलो पनि त्यतिकै छ्र । चुनाबको बेलामा तछाड र मछाड गर्दै आफूले पद पाएमा के के न कायापलट नै गर्छु भनेर तात्नेहरु एकाएक चुनाब सकिएपछि सेलाउने गर्छन् ।

रेस्टुरेन्ट ब्यबसायी नेपालीहरु बढी भएको जापानमा दुइचार ओटा रेष्टुरेन्ट भएर केहि पैसा चलखेल गर्न सक्ने हुने बित्तिकै सस्तो लोकप्रियताको लागि संस्थाको मूल्य मान्यता केहि नबुझी हचुवाको भरमा लाग्ने अनि साधरण सदस्यहरुलाई स्वेइच्छाले सदस्य बन्न प्रेरित गर्नुको साटो जबरजस्ती गर्ने अथवा केहि नलागे आफैले पैसा हालेर भए पनि झोलामा सदस्य संख्याको आंकलन गर्दै हिड्ने परम्परा निरन्तर भैरहेकोले पनि जनमानसमा यसले त्यति प्राथमिकता पाउन सकिरहेको छैन । तथापी झन्डै १३ वर्ष अबधी पार गर्न लाग्दै गर्दा यसपालिको जोशिलो कार्यसमितिले ढिला नै भएपनि आधुनिक प्रबिधिलाइ आत्मसाथ गर्दै परिचय पत्र वितरण गरेको छ । जुन सराहनीय कदम हुनुको साथै आगामी दिनमा झोलामा सदस्यताको ठेक्का लिएर हिड्ने साहु हरुको लागि थप्पडको बिषय पनि हुन सक्छ्र । जस–जसले किन एनआरएनको सदस्य बन्ने भनेर सोध्नु भएको छ उहाँहरुले नै यी कारणहरुले हामी सदस्य नबन्ने भनेर खुलाइदिए एनआरएनएलाई माया गर्ने म, लगायत एनआरएनएमा लामो समय निरन्तर आफ्नो समय क्षमता कौसलता लगानी गरेकाहरु ब्यक्तिहरुलाइ कहाँ गल्ती गरियो भन्नेसम्मको जानकारी मिल्ने थियो ।

प्रश्न गर्न स्वभाविक हो र तर अभियन्ताहरुले सहि र सत्य जवाफ पनि सँगै दिएर सदस्यता लिन प्रोत्साहन गर्नुपर्ने पनि आजको आवस्यकता हो । सदस्यता किन लिने त ? केहि पाउनको निमित्त नै सदस्यता लिने हो त? के १००० एन तिरेर लाखौ एन फिर्ता आउने हिसाबले सेयर किने जस्तै लगानी गर्ने हो र एनआरएनको सदस्यता ? हाम्रो धेरै मित्रहरुको यस्तै सोच हो भने वहाँहरु गलत हुनुहुन्छ । एनआरएनएबाट केहि हासिल गर्ने सोच राखेर सदस्यता लिने हो भने सदस्यता नलिए पनि हुन्छ । किन भने एनआरएनएले सदस्य नभएका नेपालीहरुको समेत सेवा गर्छ, गर्नेछ र गर्दै आइरहेको पनि छ । नेपाल र नेपालीको लागी सहयोग गर्ने मूल उद्धेश्य लिएर विश्वभर छरिएर रहेका प्रवासी नेपालीहरुलाई एकै ठाउँमा गोलबद्ध गराउन प्रमुख उद्धेश्यको साथ खडा गरिएको र नेपाल सरकारबाट मान्यता प्राप्त संगठन हो एनआरएन ।

यो संस्थामा आवद्ध भएर केहि लिन भनेर होइन कि, यस संस्थामा लागेर, हाम्रो नेपाली समाजमा केहि दिन भनेर बिश्वका ७९ राष्ट्रका प्रवासी नेपालीहरु यस संस्थाको सदस्य भएका छन । यो संस्थाबाट केहि लिन नपरोस् भन्ने सबैको आशय पनि हो । तथापी राम्रोसंग संस्थाको अभियान र उद्धेस्यलाई नबुझी सस्तो लोकप्रियताको लागि लाग्ने केहि भिडहरुले गर्दा संस्थालाई बेला–बेलामा बिबादमा ल्याउने र बदनामी तिर धकेल्न खोज्ने कार्यहरु पनि यदाकदा भैरहेका हुन्छन । दुःख कष्टमा परेका सह प्रवासीको घाउमा केहि मलहम लगाउनु सकौ भन्ने कोशीस हो । सबैजना दिन नै आएका छन् । वकिल साब पनि दिन्छु भनेरै आउनु भएको हो, डा. साब पनि दिन्छु भनेर आउनु भएको हो, ब्यबसायिहरु पनि केहि दिन्छु नै भनेर आउनु भएको हो भने म जस्ता सामान्य प्रबासी नेपाली हरुपनि केहि दिन भनेर नै लागिपरेका हौं ।

एनआरएनले देश र बिदेश सबैतिर नेपालीको लागी धेरै काम गरेको छ । बिनासकारी महाभूकम्पको बेला भूकम्प पीडित नेपालीहरु बीच पुगेर सबै भन्दा चाँडो राहत दिने संस्था हो एनआरएनए । नाकाबन्दिका बेला नेपालका अस्पतालहरुमा औषधीहरुको चरम अभाब हुँदा यसै संस्थामार्फत नै अत्यधिक ठाउँहरुमा औषधी वितरण गरेको कुरा पनि सबैमा जगजाहेर नै छ । तपाई हाम्रै यो संस्था एनआरएनएको प्रमुख जिम्मेवारी र पहलमै गोर्खामा भुकम्प पिडितहरुको लागि नमूना गाउँ बन्दै छ ।

खुल्ला बिश्वबिद्यालय शुरु भैसकेको छ । देबघाट, बेनीमा बृध्दाश्रमहरु पनि चलेका छन । बिकट ठाउको महिलाहरुको स्वास्थ्य समस्यालाई ध्यानमा राखी कैलाली डोटी लगायतको ठाउहरुमा महिलाहरुको आंग खस्ने समस्याको निराकरण सम्बन्धि शिविरहरु भएका छन । बागमती किनार संखमुलमा बोटानिकल गार्डेनको निर्माण, पशुपतिमा किरीयापुत्री भवन विभिन्न देशहरुमा नेपालको कला संस्कृतिलाइ संसार माँझ अझ सुसुचित गराउने अभिप्रायले नेपाल हाउसको निर्माण लगायतको परोपकारी कार्यहरु गर्दै आइरहेको छ । यस्तै कार्यहरु गर्दै गर्दै अगाडी बढी रहनेछ्र तपाइ सहभागी हुनुस् वा नहुनुस् । बिरोध गर्नुस वा समर्थन गर्नुस् । यी सबै काममा तपाइको पनि कतै न कतै लगानी छ, तपाइले गर्ब गर्ने ठाउ पनि हो ।

विदेश बसुन्जेल सदाकाल एनआरएनएको बिरोध नै गरेर बसे पनि तपाई मातृभूमि जादा अथवा पूर्णरुपमा फर्किदा तपाइलाई कतै न कतै आफ्नो वरपरकाहरुले एनआरएनएले गरेको कार्य र तपाइको भुमिका अथवा सहभागिताको बिषयमा चासो राखी नै हाल्छन त्यतिखेर तपाइलाई एनआरएनए अभियानमा नलागेको अथवा सदैब असहयोग र बिरोध गरेको पछुतोको हुन सक्ने छ ।

एनआरएनको सदस्य बनेर के फाइदा, के पाइन्छ भनेर सोध्नेहरुका लागी साधारण र सहज जवाफ यहि हो जस्तो लाग्छ मलाइ । सदस्यता बनाइ दिन्छु भनेर १,००० एन लिएर कता खाइदिए हाम्रो पैसा भन्ने सोँच राख्नु भएकाहरुले समय अनुकुल एनआरएनएको वेबसाइट खोलेर हेर्ने गर्नुहोला एनआरएनएले गरेको हरेक गतिबिधिहरुमा तपाइजस्तै विभिन्न देशबाट रकम तिरेर सदस्य बन्नेहरुको पसिनाको मूल्य समेटिएको छ्र । पछिल्लो समय गाउ, जिल्ला अञ्चल लगायत ले नपुगेर जातिय रुपमा पनि संस्था खुल्न थालिसकेका छन् । राजनीतिको त कुरै नगरौ नेपालीहरु यति धेरै राजनीति पार्टीको गुलाम नबन्ने हो भने देशले धेर्रै छलांग मारिसक्ने थियो । यसो भन्दैमा मैले राजनीतिको बिरोध गरेको हैन । हरेक सचेत नागरिकमा राजनीतिक चेतना हुन जरुरी छ । तर, सामाजिक संस्था अथवा सामाजिक कामलाई राजनीति भन्दा टाढा राख्दा संस्थाको गरिमा र मर्यादा पनि बढ्ने हुन्छ । नागरिकताको निरन्तरता सम्बन्धि आधारभुत मुद्दाहरु नेपालको नयाँ संबिधानमा राख्न भुमिकाबद्द भएर लागेको एनआरएनएको भूमिका त्यतिकै प्रसंसनिय छ ।

पछिल्लो समय स्थानीय चुनाबले मुलुक तातिदै गर्दै झन्डै ६० लाख भन्दा बढी नेपालीहरु मुलुक बाहिर भएका कारण आफ्नो मताधिकारबाट बन्चित भएको अवस्था छ भने एन आर एन ए ले हरेक बिदेसिएका नेपालीहरुको हक अधिकार को सुरक्षाको लागि ‘नोट चल्ने भोट नचल्ने’ भनेर नेपाल सरकारलाई विदेश बस्ने सम्पूर्ण प्रबाशी नेपालीहरुलाई मताधिकार प्रदान गराउनको लागि पहल गरि रहेको छ । तर, सदस्य बनेर मलाइ के फाइदा के दिन्छ भनेर भन्नेहरुले एकचोटी आफूले आफूलाई मुल्यांकन गरौं, सकिन्छ गरौ सकिदैन गालि गर्दा आलोचना गर्दा बुझेर गरौ । नबुझिकन अफवाहको भरमा अनाबस्यक आलोचना गरेर आफूनै लज्जित हुने काम नगरौ । हामी भित्र गाँजिएको नराम्रो कुरीति एउटा कार्य समितिले काम गरेन भनेर हिजो अध्यक्षमा उम्मेदवारी दिने ब्यक्तिले अथवा संस्थाको महत्त्वपूर्ण जिम्मेवारी निभाएको व्यक्तिले आज सदस्यता किन लिने भन्ने प्रश्न गर्नु, संस्था भित्रको केहि व्यक्तिहरुसंग मतभेद हुदैमा संस्थाको बारेमा नकारात्मक संदेश छर्दै हिड्नु, आफुले भने अनुरुपका मान्छेहरु बिजयी हुन सकेनन् भने हिजोसम्म सक्रिय भएको मान्छे गैरजिम्मेवार भएर पन्छिन खोज्नु, बिस्वब्यापी संजालको अभियन्ता भएर जिम्मेवारी तहमा बसेकाहरुले राजनैतिक गुलामीका कामहरु गर्नु, सम्पूर्ण नेपाली एक हौ भन्ने संदेश सम्प्रेषण गर्नुको साटो जातीय, क्षेत्रीय र भौगोलिकताको आधारमा विभेदित मानसिकता राख्दै गतिबिधि हरु बढाउनु हामी सबैकालागि अमिलो लाग्ने बिषय होइन र ?

एक हज्जार यनले आजकाल जापानमा एक छाक खान आउला त्यो पनि सामान्य तर हामीले आफ्नै देशमा गरिरहेको सहयोगलाइ यो एक हज्जार यनसंग मापन गर्न मिल्ला त ? यतिखेर जापानमा मात्रै नभएर हरेक देशमा एनआरएनएको चुनाबी सरगर्मी बढेसंगै हरेक ठाउँ संघ संस्था अथवा विभिन्न तबरले जनमानस सलबलाउन थालेका देखिन्छ । तर, अधिकांसहरु हाम्रो समाजबाट, हाम्रो संस्थाबाट, हाम्रो जिल्ला बाट, हाम्रो पार्टीबाट यति मान्छे आउनुपर्छ, यति जना हुनुपर्छ भन्दै लाग्न पनि थालिसकेको परिस्थिति छ । हो, हामी नेपालीहरुको कमजोरी भन्ने कि कुण्ठित साघुरिएको मनस्थिति यहि निर छ कि जस्तो मलाइ लाग्छ । कैलेसम्म हामी भागबन्डाको कुण्ठित मानसिकता लिएर अंशियारी मनस्थितिले अगाडी बढ्ने ?

यो सम्पूर्ण नेपालीलाइ समेट्ने संस्था भएकोले सबैजना नेपाली आफुलाई कुनै समाज, क्षेत्र अथवा पार्टी या अन्यको नभई नितान्त सम्पूर्ण नेपालीहरुको भनेर अगाडी बढ्न सकिदैन र ? किन हामीहरु यति धेरै साघुरो मानसिकता बोकेका छौं ? साचिकै सेवा गर्ने हो भने आफ्नो क्षमताले संस्थाको बिबिधतालाइ बुझेर सम्पूर्ण नेपालीहरुलाई एकिकृत गर्ने गरि जो कोहि पनि आउदा राम्रो हुने हो र संघसंस्थाहरु सबैको आफ्नो आफ्नो मूल्य मान्यता र मर्यादा पनि भएकोले यो संसार ब्यापी संजालमा विभेदित सोचले अगि नबढी सम्पूर्ण नेपालीहरु भन्ने सोचले अगाडी बढ्नको लागि म यो सेवादायी अभियानमा तत्पर अथवा इच्छुक सम्पूर्णलाइ अनुरोध पनि गर्दछु । आज एउटा सामान्य कार्यक्रम भयो अथवा गर्यो भने हाम्रो देशको जस्तै ठुलो मान्छे पनि सजिलै विदेश आउनुहुन्छ । लाग्छ कि वहाले विदेशको पाइला टेक्ने बित्तिकै संसारिक सबै आकांक्षा पुरा हुन्छन । देशले कायापलट गर्छ । अनि बिदेशमा बस्ने तपाइँ हामी पनि भ्याई–नभ्याई गरि वहाको सेवामा लाग्छौ, त्यस्ता व्यक्तिले हाम्रो आतिथ्यलाई बिदेशमा गरेको सहयोगी भावनाको रुपमा नलिएर आफू र आफ्नो पदले गर्दा पाएको चाकडीको रुपमा बुझ्छन् । अनि बिदेशमा आएर देखेको केहि सिकेको भए सिकेको कुरोहरु जुन देशमा आएको त्यहि देशको सिमाना काटेपछि बिर्सिएर पुरानो ढर्रामा नै फर्किन्छ । यदि त्यसो नभई दिएको भए आज हाम्रो मुलुकले बिकासको छलांगमा धेरै फड्को पार गरिसकेको हुने थियो । तर, दुर्भाग्य राजनीतिक पार्टीहरु सदैब देशको मुद्दालाइ किनारमा राखेर सदैब राजनीतिक मुद्दा व्यक्तिगत स्वार्थमा मात्रै निहित भै राखे अनि हामी पनि तिनीहरुको लहै लहैमा लागिराराख्यौ ।

यदि हाम्रो संगठन बिस्तार भएर मजबुत हुदै सबै बिदेशमा बस्ने नेपालीहरु राजनीतिक स्वार्थबाट माथि उठी सत्यको समर्थन गर्ने र गलत भए जो कोहि भए पनि खुलेर बिरोध गर्ने सोचका साथ एकत्रित हुदै अगाडी बढ्ने हो भने धेरै कुराहरुको सुबिधा हाम्रो समाजलाई उपलब्ध हुन सक्छ । हाम्रा सन्ततिहरुले राजनैतिक पदहरु सम्म हासिल गरि देशलाई समुन्नत तिर लाने अवसर पाउन पनि सक्छन । यसो भन्दैमा गलत चिजहरुलाई पनि प्रशय दिदै राजनीतिक लोभ लालचको लागि यसमा लागौ भन्ने पक्कै हैन । गलतलाइ गलत भनि बिरोध गर्ने र राम्रोको प्रसंशा गर्ने सस्कारको हामीमा अभाब छ त्यसलाई राम्रो तरिकाले मनन गर्न जरुरी पनि छ ।

तसर्थ साथी हो, आउनुहोस हामी सबै मिलेर यसको बिस्तार गरौ । बिशाल बनाऔ ं। कुनै पनि ठाउको तत्कालिन कार्यसमितिले काम गर्न नसकेको हो भने अथवा गर्दा गर्दै अधुरो रहेको सामाजिक हितका कामहरु अर्को समितिले निरन्तर दिऔ्र हरेकपटकको चुनाबी माहोलमा केन्द्रित भएर कुरो गर्दा जापानजस्तो बिकसित देशमा बसेर एक हज्जार येन तिरेर सदस्य बन्नको लागि अर्काको मुख नताकौ, जापानमा अर्थात बिदेशमा सबै आत्मनिर्भर भएकोले एक भोटको लागि भनेर कसैको एक छाक खानाको अथवा एक क्यान बियरको आसा नगरौ । सक्षम समूहलाई निर्वाचित गरेर पठाउनको लागि आफ्नो बिबेक प्रयोग गरौ ।

बिदेशमा बसेर आफुले सिकेको ज्ञान र संस्कारलाइ आफूभित्रै लागु गरौ । सदैब बिरोध गर्नेहरुले एकचोटी कार्यसमितिमा बसेर अभियानमा योगदान दिने हिम्मत गरौ । अर्थात् आफैलाई सक्षम ठान्नु हुन्छ भने उम्मेदवारी दिनुहोस् । संस्था आफैमा गलत होईन र हुदैन । कार्यसमितिमा कोहि केहि गलत हुन सक्लान, तर संस्थाको बिकल्प छैन । यो हामी सबैको साझा संगठन हो । कार्यसमितिले गलत गर्छ भने अविश्वासको प्रस्ताव राखेर खारेजी गर्ने समेत अधिकार बिधानले दिएको छ । त्यसैले एनआरएनको सदस्य किन बन्ने ? भन्ने प्रश्न नसौधौ । किन नबन्ने भनेर सबै एउटै ठाउँमा उभियौ ।

लेखक ः एनआरएनए कान्साइका संस्थापक तथा निबर्तमान संयोजक हुन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी