back

दोस्रो ग्लोबल नेपाली फिल्म अवार्ड बारे जानकारी दिइयो

वि.सं.२०७४ जेठ १२ शुक्रवार

306 

shares
NTC AD
Global IME AD

press-meet-on-secong-global-award
१२ जेठ, काठमाडौँ अमेरिकामा हुने दोस्रो खुम्बु खोल्च ग्लोबल नेपाली फिल्म अवार्ड युनिटले अवार्डका उद्धेश्य र योजनाहरू पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा बिस्तार गर्नका लागि नेपाली कलाकर्मीको खुविलाई बिश्वप्यापी बनाउने उद्धेश्यका साथ अमेरिकामा गत वर्ष देखी आयोजना सुरु गरिएको खुम्बु खोल्च ग्लोबल नेपाली फिल्म अवार्डको दोस्रो संकरणबारे बिहीबार राजधानी स्थित नेपाल चलचित्र सङ्घको कार्यलयमा पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो ।

पत्रकार सम्मेललनमा दोस्रो खुम्बु खोल्च ग्लोबल नेपाली फिल्म अवार्डका संयोजक शैलेश पोखरेलले अवार्डका योजना र उद्धेश्य साथै गत वर्षको अवार्ड समारोहका बारेमा प्रकाश पारेका थिए भने ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठले प्रवासमा रहेर अवार्ड आयोजना गर्नु चुनौती पूर्ण भए पनि सबैको साथ र सहयोगका कारण निरन्तर यो अवार्ड आयोजना गर्ने हौसला मिलेको बताएका थिए । अर्को पल्ट अस्ट्रेलियामा गर्न कुरा भइरहेको जानकारी दिएका छन् ।

त्यस्तै अवार्ड ब्यबस्थापक अध्यक्ष मदु श्रेष्ठले गत सालको अवार्ड समारोह अत्यन्त सभ्य र भव्य रहेको जानकारी दिँदै यस पटक हुने अवार्डको दोस्रो संस्करणलाई अझ मर्यादित र प्रभावकारी बनाउने तयारी रहेको बताए ।

गत वर्षको खुम्बु खोल्च ग्लोबल नेपाली फिल्म अवार्डमा सहभागी भएर फर्केका कलाकार सुनिल थापा र बसुन्धरा भुसालले अवार्ड समारोहको प्रंशसा गर्दै नेपालदेखि कलाकार लगेर अमेरिकामा यति सौहार्दपुर्ण वातावरणमा कलाकारले कुनै गुनासो गर्नुपर्ने सानो ठाउँसम्म नदिई यति उत्कृष्ठ कार्यक्रम गर्न सफल भएको भन्दै अवार्ड आयोजक टिमलाई धन्यवाद र बधाई ज्ञापन गरेका थिए ।

नेपाल फिल्म सोसाईटी नेपालका अध्यक्ष अभिनेता कृष्ण मल्लले ग्लोबल नेपाली फिल्म अवार्ड आगामी वर्षहरूमा पनि निरन्तर आयोजना गरिने जानकारी दिँदै तेस्रो खुम्बु खोल्च ग्लोबल नेपाली फिल्म अवार्डका लागि विभिन्न देशका रहेका विभिन्न व्यक्तिले चासो देखाएको र अवार्डलाई बिश्वव्यापी बनाउँदै अन्तर्राष्ट्रिय चलचित्र भुगोलमा नेपालीको खुविलाई स्थापित गर्ने आफुहरुको उद्धेश्य रहेका बताए ।

त्यस्तै कलाकार,निर्देशक तथा चलचित्र निर्माता सङ्घ अध्यक्ष आकाश अधिकारी, नेपाल चलचित्र सङ्घ अध्यक्ष प्रदिप कुमार उदय, चलचित्र पत्रकार सङ्घ अध्यक्ष सन्दिप सापकोटा, चलचित्र कलाकार सङ्घ अध्यक्ष राम केशर बोगटी, चलचित्र विकास बोर्ड सदस्य तथा पत्रकार अशोक प्यासी लगायतले पनि अन्तर्राष्ट्रिय बजारमा नेपाली फिल्म अवार्ड आयोजना गर्नु नै अत्यन्त महत्त्वपूर्ण रहेको र यसले नेपाली कला प्रवद्धनमा प्रत्यक्ष र फराकीलो टेवा पुग्ने बताए ।

अवार्ड प्रायोजक संस्था शेर्पा ब्रुवरिका अध्यक्ष लाक्पा शेर्पा पनि गत सालको सफल अवार्ड सम्पन्नताले यो बर्षपनि आफूहरूले खुसीका साथ प्रायोजकका रूपमा सहकार्य गरेको धारणा राखे । शेर्पा ब्रुवरिका मेनेजिङ डाइरेक्टर फुर्बा शेर्पा, उध्योग मन्त्रीका प्रेस सल्लाकार प्रदिप चापागाइ, वरिष्ठ नृत्य निर्देशक वसन्त श्रेष्ठ, कलाकार पुरन जोशी, नेपाल फिल्म सोसाइटिका कोषाध्यक्ष नारायण प्रधान, जादुगर महादेब तिपाठी कार्यक्रममा उपस्थित थिए ।

पत्रकार सम्मेलनमा नयाँ तथा पुराना कलाकार, चलचित्रसंग सरोकार राख्ने विभिन्न व्यक्तिहरू साथै सञ्चार माध्यमको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सन्चालन निर्देशक तथा साहित्यकार राजेन्द्र सलभले गरेका थिए ।

वि.सं.२०७४ जेठ १२ शुक्रवार ०३:१० मा प्रकाशित

NLIC AD
NABIL bank AD
सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म...

बचतकर्ताद्वारा सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग

बचतकर्ताद्वारा सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग

चितवन । चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि यहाँका बचतकर्ताले...

पेस्तोलसहित ताप्लेजुङका प्रशान्त पक्राउ

पेस्तोलसहित ताप्लेजुङका प्रशान्त पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको...

सेनाको जागिर छाडेर ‘अर्ग्यानिक’ व्यवसायबाट राम्रो आम्दानी गर्दै तिला गाउँका नेपाली

सेनाको जागिर छाडेर ‘अर्ग्यानिक’ व्यवसायबाट राम्रो आम्दानी गर्दै तिला गाउँका नेपाली

कर्णाली । गरिबी, भोक र अशिक्षाले दबिएको परिवारमा जन्मेका तिला...

कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा बालविवाह बढ्दै

कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा बालविवाह बढ्दै

खजुरा (बाँके) । बाँकेमा ‘बिहेवारी बीस वर्षपारि’ अभियानलाई सफल बनाउन...

जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको...