back

नर्सिङलगायतका स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक व्यवस्था गर्न मन्त्रालयको निर्देशन

वि.सं.२०८१ मंसिर २८ शुक्रवार

327 

shares
GLOBAL IME AD
NTC AD

काठमाडौं । स्वास्थ्य संस्थामा कार्यरत सबै नर्सिङ एवं अन्य स्वास्थ्यकर्मीको लागि न्यूनतम पारिश्रमिकको व्यवस्था कायम गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले सबै स्वास्थ्य प्रतिष्ठान, सरकारी अस्पताल ,मेडिकल कलेज, सामुदायिक तथा निजी अस्पताललाई पत्राचार गर्दै न्यूनतम पारिश्रमिक लगायतका सुविधा उपलब्ध गराउन आग्रह गरेको हो ।

मन्त्रालयको परिपत्रमा भनिएको छ,“मेडिकल कलेज तथा स्वास्थ्य संस्थाबाट नर्सिङ् एवं अन्य स्वास्थ्यकर्मीको पारिश्रमिक लगायतको सुविधामा अन्याय भएको भनि गुनासो आएको सो सम्बन्धमा स्वास्थ्य संस्थामा कार्यरत सबै नर्सिङ एवं अन्य स्वास्थ्यकर्मीको लागि न्यूनतम पारिश्रमिक र सेवा सुविधा नेपाल सरकार सरह नघट्ने गरी लागू गर्न यही मङ्सिर २७ गते सचिवस्तरीय निर्णय भएको छ ।”

तोकिएको समय भन्दाबढी कार्यको लागि अतिरिक्त भत्ताको व्यवस्था गर्न, स्वास्थ्य तथा शैक्षिक संस्थाले करार (नियुक्ती सम्झौता) गरी राख्नुपर्ने, ज्यालादारीमा कार्य गराउन नपाइने, सक्कल शैक्षिक लब्धाङ्क पत्रमा कार्यलयले राख्न नपाइने र अनुभवको प्रत्र प्रदान गर्नुपर्ने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।

त्यस्तै, नर्सिङलगायतका अन्य स्वास्थ्यकर्मीको पारिश्रमिक बैँकिङ प्रणालीबाट मात्र उपलब्ध गराउनुपर्ने पनि मन्त्रालयको निर्देशनमा उल्लेख छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नर्सलगायत सबै स्वास्थ्यकर्मीको पारिश्रमिक र अन्य सुविधा बढाउने प्रतिबद्धता व्यक्त गर्दै आएका थिए । मन्त्री पौडेलको निर्देशनमा मन्त्रालयले न्यूनतम पारिश्रमिकलगायतका सुविधा कायम गर्न निर्णय गरेको हो ।

वि.सं.२०८१ मंसिर २८ शुक्रवार १५:०८ मा प्रकाशित

आमाको दूधलाई प्रतिस्थापन गर्ने आहार बिक्री-वितरण नगर्न निर्देशन

आमाको दूधलाई प्रतिस्थापन गर्ने आहार बिक्री-वितरण नगर्न निर्देशन

काठमाडौं । जनस्वास्थ्य कार्यालय काठमाडौंले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु...

कस्तो भाडाँमा खाना पकाउँदा स्वास्थ्यवर्धक

कस्तो भाडाँमा खाना पकाउँदा स्वास्थ्यवर्धक

१. परिचय १.१ भूमिका नेपालमा धेरैथरीका भाँडावर्तन प्रचलनमा छन् ।...

के हो एचएमपिभी भाइरस, यसबाट कसरी बच्ने ?

के हो एचएमपिभी भाइरस, यसबाट कसरी बच्ने ?

काठमाडौँ । आजभोलि धेरै चर्चा अनि केही त्रसित बनाइरहेको एचएमपिभी...

स्वास्थ्य संस्था नवीकरण नहुँदा सुविधाबाट वञ्चित

स्वास्थ्य संस्था नवीकरण नहुँदा सुविधाबाट वञ्चित

चितवन । बागमती प्रदेशअन्तर्गतका स्वास्थ्य संस्था नवीकरण नहुँदा सुविधाबाट वञ्चित...

नेपाल बैंक क्रिस्टल डायग्नोस्टिकबिच सम्झौता

नेपाल बैंक क्रिस्टल डायग्नोस्टिकबिच सम्झौता

काठमाडौं । नेपाल बैंक र क्रिस्टल डायग्नोस्टिक प्रा.लि.बिच सम्झौता भएको...

स्वास्थ्य बिमा सुधार गर्न गठित समितिले बुझायो प्रतिवेदन

स्वास्थ्य बिमा सुधार गर्न गठित समितिले बुझायो प्रतिवेदन

काठमाडौं । स्वास्थ्य बिमा क्षेत्र सुधार गर्न गठित सुधार समितिले...