back

कविता : निभेछ देशको चुलो

वि.सं.२०८१ मंसिर २९ शनिवार

534 

shares
GLOBAL IME AD
NTC AD

कविराज घिमिरे
चाँगुनारायण, भक्तपुर

उठी बिहान मिर्मिरे पुगेँ त्यहाँ कतै पनि
युवा थिएन जोसिलो बुढाहरू भएपनि
कि रोकिएछ जन्म नै गरी सबै नियोजन
युवा कहाँ छ हे प्रभो ! कता भए प्रयोजन ?१

सुता वधूहरू कता गए भनेर खोज्दछु
बुढाबुढीहरूसँगै गई तुरुन्त सोध्दछु
रहेन पुत्र गाउँमा बजार शून्य देखियो
तरक्क आँसु झार्द्छन् जबाफ छैन के भयो ?२

न नातिको मुहारमा परेर दृष्टि फर्किए
न नातिनी छ साथमा भएछ प्रेम दूर ए
बनेर मित्र रोगको छ आसमात्र जीवन
झरेर पात बोटका सिनित्तझैँ छ यो मन ।।३

यता छ मात्र बालुवा नदी सुकेर केवल
अकासमा अभावको मडारिँदो छ बादल
बतास छैन आङमा छ हप्प हप्प देह यो
छ ओसभित्र यो धरा भएन काम घामको ।।४

भनेर भन्दछन् सबै भरङ्ग हुन्छ चित्त यो
थरङ्ग हुन्छ आत्तिँदै व्यथा सुनेर पित्त यो
सधैंँ बसेर मेचमा नहेर शास्तिको फुलो ।
छ को जगाउने यहाँ निभेछ देशको चुलो ।। ५

छन्द : पञ्चचामर
सूत्र : M lSl  SlS  lSl  SlS  lSl  S

वि.सं.२०८१ मंसिर २९ शनिवार ०५:३६ मा प्रकाशित

बङ्गलादेशको अन्तर्राष्ट्रिय साहित्य समेलनमा नेपाली साहित्यकारको पनि सहभागिता

बङ्गलादेशको अन्तर्राष्ट्रिय साहित्य समेलनमा नेपाली साहित्यकारको पनि सहभागिता

काठमाडौं । बङ्गलादेशमा सम्पन्न अन्तराष्ट्रिय साहित्य सम्मेलन २०२५ मा नेपालबाट...

चारु राग विराग

चारु राग विराग

डिल्ली राज घिमिरे, अर्घाखाँची हुन् गौतम बुद्ध मान हेर हाम्रो...

गजल

गजल

बिष्णुकुमार बराइली मिरिक, दार्जीलिङ ऊ सोच्छ आफैँ बनेछु नायक छ...

गजल

गजल

उत्तम विचार, नुवाकोट ठुला मान्छे दम्भ गर्छन् र सानाको अर्थ...

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. अनेकतामा एकता बनाऊँ शत्रुसामु कहिल्यै नझुक्ने...

कविता : देशप्रेम

कविता : देशप्रेम

कलानिधि दाहाल, काठमाडौं हुँदैन राष्ट्रसाँध यो विशाल विश्व राष्ट्र हो...