उत्तमकुमार पोखरेल
सूर्य विनायक, भक्तपुर
गर्छाै मोज अझै सके गर सखे के के अझारो छ त्यो
गर्नू खोज सबै सकेजति तिमी पिस्ने जँतारो छ जो
मान्छेको गुणको बखान नगरी बस्ने कतै देख्दिनँ
जान्नेछन् अहिले नहान सरले दोषै कतै भेट्दिनँ ।।
भन्छन् जो जगका समस्त जनले जुट्नू छ साथी अब
दुष्टै झैँ रविको भएछ अहिले भेला हुनेछन् जब
पापी दुष्ट र भ्रष्टको अब ता फालौँ सबैले मिली
आऊ झट्ट जुटौँ पसी सहरमा खेदौनँ साथै मिली ।।
कस्तो नीति लियौ लुके नियम नै बाख्रा करायो यता
भन्छौ आज भुली बसे महलमा जान्छौ तिमी लौ कता
तिम्रा नाम र कामको सहरमा सुन्दा सबै जो व्यथा
सुन्दा भाषणले नदुख्छ मन त्यो बुझ्छौ र के नै कथा ।।
भाषा भेष र धर्म जो मुलुकमा हाम्रो थियो गौरव
मास्यौ धर्म सबै बसेर पदमा गर्छाै अझै गौरव
तिम्रो आसन नै रहन्न अब ता भन्दै छ जो सागर
भन्दैछन् जनले गएर घरमा किन्दैछ लौ घाघर ।।
हेर्दैछन् अहिले समस्त जनले लेखेर तिम्रो कथा
गर्छाै के भन लौ उठे जन यहाँ लुक्दैन छोपी व्यथा
माया छैन रहेछ ती हृदयमा नेत्रै लुकायौ कता
साक्षी छिन् जगमा समस्त धरणी जाली सबै छन् यता ।।
छन्द : शार्दूलविक्रीडित
गण – म स ज स त त गु
सङ्केत-SSS IIS ISI IIS SSI SSI S
वि.सं.२०८१ मंसिर २९ शनिवार ०५:३९ मा प्रकाशित