back
CTIZAN AD

सक्कली मतपत्रमै मतदाता शिक्षा

वि.सं.२०७४ जेठ १३ शनिवार

900 

shares

१३ जेठ, काठमाडौँ  । निर्वाचन आयोगले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मतदाता शिक्षालाई अझै प्रभावकारी र घनिभूत तुल्याउने भएको छ ।

पहिलो चरणको स्थानीय तहको निर्वाचनको अनुभवका आधारमा आयोगले दोस्रो निर्वाचनमा नमुना मतपत्रबाट मतदान गर्न सिकाउनुका साथै मतदाता केन्द्रहरुमा सक्कली मतपत्रका आधारमा मतदान चिह्नका बारेमा जानकारी दिने व्यवस्था समेत गरिने आयोगका सहसचिव नवराज ढकालले जानकारी दिनुभयो ।

मुलुकका चार प्रदेशका ४३ जिल्लाका ४६१ स्थानीय तहमा यही जेठ ३१ गते बुधवार स्थानीय तहको दोस्रो चरणको निर्वाचन हँुदैछ ।

निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनलाई लक्षित गरेर मुलुकका ११ हजार ९३१ मतदान केन्द्रमा नमुना मतपत्रको आधारमा नमुना मतदानका अतिरिक्त मतदानमा सहभागी हुन प्रेरित गर्ने सडक नाटक समेत सञ्चालन गर्ने जनाएको छ ।

आयोगले प्रत्येक मतदान केन्द्रमा कम्तीमा एकजना सामाजिक परिचालक, महिला स्वास्थ्य स्वयंसेविका र शिक्षक शिक्षिकालाई मतदाता शिक्षा कार्यकर्ताका रुपमा खटाएको छ ।

निर्वाचनमा सदर मत प्रतिशत बढाउन तथा बदर मत सङ्ख्या घटाउन आयोगले सञ्चारमाध्यममार्फत मतदाता शिक्षालाई घनिभूत बनाउनुका साथै राजनीतिक दल र अन्य सरोकार पक्षलाई समेत मतदाता शिक्षामा जोड दिन आग्रह गरेको छ ।

दोस्रो चरणको निर्वाचनमा आयोगले अवधी, भोजपुरी, लिम्बुजस्ता स्थानीय भाषामा निर्वाचन कार्यक्रम सञ्चालन गर्नुका साथै महिला, दलित र अल्पसंख्यक समुदायलाई लक्षित गरेर पनि मतदाता शिक्षा अघि बढाइने जनाएको छ ।

मतदाता परिचयपत्र वितरणका क्रममा मतदाता शिक्षा दिने कार्यको अनुगमन गर्ने व्यवस्था समेत मिलाइएको जानकारी आयोगले दिएको छ ।

दोस्रो चरणको निर्वाचनका लागि यही जेठ २८, २९ र ३० गते सम्वन्धित मतदान केन्द्रमा मतदाता परिचयपत्र वितरण गरिने र मतदाता परिचयपत्र लिनका लागि मतदाताले नागरिकता वा अन्य परिचयपत्र लिएर सम्बन्धित मतदान केन्द्रमा जानुपर्ने व्यवस्था गरिएको आयोगले जनाएको छ । स्थानीय तह निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निर्भय तुल्याउन आयोगले विभिन्न तहमा अनुगमनका साथै सूक्ष्म अनुगमनकर्ताहरु समेत परिचालन गर्ने जनाएको छ ।

पहिलो चरणको निर्वाचनमा सुक्ष्म अनुगमनकर्ताको भूमिका प्रभावकारी देखिएको निष्कर्षसहित आयोगले आवश्यकताअनुरुप रणनीतिक स्थानमा उनीहरुलाई खटाइने सहसचिव ढकालले जानकारी दिनुभयो । रासस

वि.सं.२०७४ जेठ १३ शनिवार १४:०६ मा प्रकाशित

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

काठमाडौँ । नेपाल बीमा प्रधिकराणले बुधबार सार्वजानिका गरेको तथ्याङ्क अनुसार...

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

काठमाडौँ । नेपालका निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२÷८३...

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक...

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

त्रिशूली (नुवाकोट) । नुवाकोटको विदुर नगरपालिकाले किसानले उत्पादन गरेको कृषिउपज...

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ

चितवन । जिल्ला अदालतबाट फैसला भई फरार रहेका ५८० जनालाई...

अनुचित लेनदेनका तेह्र उजुरी

अनुचित लेनदेनका तेह्र उजुरी

चितवन । मिटरब्याज (अनुचित लेनदेन)बाट पीडित भएको गुनासो गर्दै यहाँका...