back

ओमानमा बुद्ध जयन्ती

वि.सं.२०७४ जेठ १४ आइतवार

477 

shares

oman-buddha-jayantiशालीक राम आचार्य, मस्कट ओमान । भगवान गौतम बुद्धको २५६१ औँ जन्मजयन्तीको पावन अबसरमा बुद्ध भिजन ओमानले भब्य कार्यक्रम गरी बुद्ध जयन्ती मनाएको छ ।

१९ मई शक्रबारका दिन मस्कट सहरको गुबरा स्थित अलमाहा होटलमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता बुद्ध भिजन ओमानका उपाध्यक्ष सुजन पण्डितको रहेको थियो भने अञ्जु लामाको संचालन रहेको थियो । कार्यक्रमको प्रमुख अतिथिमा नेपाली राजदुताबास ओमानका कार्यबाहक राजदुत रोजिना ताम्राकारको थियो भने अतिथिहरुमा नेपाली समाज ओमान, जनप्रगतिशिल मञ्च ओमान, ओमान नेपाली एकता समाज, गैर आवासिय नेपाली संघ ओमान, महिला समुह ओमान, दलित एकता संजाल ओमान, प्रवासी मञ्च ओमान, नेपाल मगर संघ, सगरमाथा समुह ओमान, क्रिश्चियन फिलोसोफी ओमान, नेपाली साहित्य समाज ओमान च्याप्टर, तमु तमाज ओमान, जनसम्पर्क समिती ओमान, तमाङ्ग समाज ओमान लगायतका संघ सस्थाहरुका प्रतिनिधीहरु हरु रहेका थिय ।

उल्लेख्य नेपालीहरुको उपस्थित रहेको कार्यक्रममा सबै संघ सस्थाहरुका प्रतिनिधीहरुले बुद्धले दिन खोजेको सन्देशलाई ब्यवहारमा उतार्दै अगाडी बढ्नु पर्ने बताएका थिय तथा , प्रवासमा रहेर पनि भगवान बुद्धप्रति समर्पित भई शान्तिको सन्देश फैलाउँने बुद्ध भिजन ओमानलाई बिषेश धन्यबाद दिर्दै दुताबास यस्ता कार्यप्रति सदैब हातेमालो गर्दै अगाडी बढ्ने कार्यबाहक राजदुत रोजिना ताम्राकारको भनाई रहेको थियो ।

शुश्मा तमाङ्ग, सिता तमाङ्ग, उमेश घिसिङ्ग तमाङ्ग, गिता लिम्बु, पार्वति श्रेष्ठ, दिल प्रसाद पौड्याल, बेदनिधी आचार्य, खड्ग पाख्रिन तमाङ्ग, रञ्जित आचार्य, सपना वाईवा, सुशिल पुन बिरही, , नारायन ज्ञवाली, शन्देश राई, बिनोद तमाङ्ग आदी स्थानिय कलाकारको बेजोड प्रस्तुतीले कार्यक्रममा रौनकता थपिएको थियो । बुद्ध भिजन ओमानले हरेक कार्यक्रम चितवनमा रहेको सहाराको घरको सहयोगार्थका लागी गर्दै आएको छ जसमा सबै संघ संगठनहरु पनि आगामी दिनमा सहभागी हुन चाहेको बताएका थिए ।

वि.सं.२०७४ जेठ १४ आइतवार ०३:०४ मा प्रकाशित

Himalayan Life AD
अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...