Logo
१९ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 2 2023
E-paper
  English Edition
   Unicode
Logo

चौथो परिषद भेला सम्पन्न, एनसिसिको पंजीकृत सदस्य शुल्क ५५ कायम



nrna qatar दोहा । एनआरएन एनसीसी कतारले चौथो परिषद भेला सम्पन्न गरेको छ l भेलामा समसामयिक बिषयमा छलफल गर्दै कार्यप्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन सर्वसम्मतले पास गरेको थियो । उक्त अवसरमा पाचौ मध्यपुर्ब भेलामा योगदान गर्ने ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

भेलाले यसपाली पंजीकृत सदस्यता शुल्क ५५ रियल कायम गरेको छ । पंजीकृत सदस्यता शुल्कका बिषयमा अघिल्ला महाधिवेशन पनि पार्षद सदस्यहरुले घटाउनु पर्ने माग राख्दै आएको भए पनि घटेको थिएन । यसपालीको अन्तिम भेलाले कतारका तल्लो स्तरका श्रमिकहरुलाई समेत मध्य नजर गर्दै सदस्यता शुल्क घटाउन भेलाबाट आएको आवाजलाई सर्वसम्मतले पास गरेको थियो ।

यो कार्यकालको चौथो तथा अन्तिम परिषद भेलामा महासचिबले प्रस्तुत गरेको संगठानिक कार्यप्रगती प्रतिवेदन उपर सुझाब सल्लाहसहित अनुमोदन गरिएको थियो । आर्थिक प्रतिवेदन कोषाध्यक्ष भेषराज पराजुलीले प्रस्तुत गरेसंगै पार्षद सदस्यहरुमा सामान्य जिज्ञासा देखिएकामा अध्यक्ष तामांगले तत्काल विषयगत रुपमा स्पष्ट रुपमा जवाफ दिएका थिए ।

आर्थिक गतिबिधिका रुपमा अघिल्ला भेलामा देखिएका बेरुजु हिसावहरुलाई समेत स्पष्ट पारिएको थियो । बेरुजुको बिषयमा फिर्ता गर्नु पर्ने केहि रकम फिर्ता गरि सकेको, केही बिल भर्पाइ प्रमाणको आधारमा फर्च्यौत गरेको र बाकीं रहेको बेरुजुको बारेमा खोजतलास जारी रहेको जानकारी गराइएको थियो ।त्यस बारेमा आउने अधिवेशनसम्म सम्पूर्ण जानकारी सहित पेश हुने बताएको थियो । आर्थिक गतिबिधिका रुपमा अघिल्ला भेलामा देखिएका बेरुजु हिसावहरुलाई लेखासमिति संयोजक बुदबल गुरुङले स्पष्ट परेका थिए। ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।