
उत्तम विचार, नुवाकोट
छौँ मर्न बाध्य जिउँदै बांँचिन्छ भन्ने छैन
मागेर वय कसैले थपिदिन्छ भन्ने छैन
डुब्ने हजार हुन्छन् पानी पिएर मर्ने
माछा समान डुब्ने पौडिन्छ भन्ने छैन
अन्यायमा परेका बाँच्छन् सहेर पीडा
मुद्धा लडेर न्याय पाइन्छ भन्ने छैन
हुन्छन् अनेक कर्तुत नेपाल झुक्नुपर्ने
गिर्नेछ शान आफैं अग्लिन्छ भन्ने छैन
छुट्टै छ नाम हाम्रो भूगोलमा दुरुस्तै
नेपाल नाम अर्को राखिन्छ भन्ने छैन
बहर : मुजारे मुसम्मन अखरब
अर्कान : मफऊलु फाइलातुन् मफऊलु फाइलातुन्
वजन : २२१ २१२२ २२१ २१२२
वि.सं.२०८१ पुस २० शनिवार ०५:३७ मा प्रकाशित