Logo
३ माघ २०७८, सोमबार
     Mon Jan 17 2022
E-paper
  English Edition
   Unicode
Logo

महिला समाज कतारद्वारा हमाद हस्पिटललाई रक्तदान



blood-donation-mahila-samaj-qatar-1
महिला समाजले कतारको सरकारी हस्पिटल हमादमा रक्तदान गरेको छ । महिला समाजले मे २६ का दिन कतारमा आयोजना गरेको रक्तदान कार्यक्रममा कतारमा रहेको विभिन्न वैचारिक संगठन लगायत अन्य संघसंस्थाहरुको पनि उल्लेख्य उपस्थित रहेको थियो । कार्यक्रममा उपस्थित ८१ जनाले रक्तदान गरेका थिए । कतिपय विरामीहरु रक्तको अभावले भौतारी रहेको अवस्थामा आफूहरुले गरेको थोरै सहयोगबाट यदि कसैको जीवन दानमा परिणत हुन्छ भने किन सहयोग नगर्ने भन्ने सोचका साथ रक्तदान कार्यक्रम राखिएको महिला समाजकी अध्यक्ष सुस्मिता भट्टराईले जानकारी दिइन ।

blood-donation-mahila-samaj-qatar-2कार्यक्रममा महिला समाजका सदस्यहरुको पनि त्यति नै सहयोग रहेको थियो र त्यति नै खट्नु भएको थियो । कार्यक्रमको अग्रपंक्तिमा अध्यक्ष सुस्मिता भट्टराई, प्रथम उपाध्यक्ष अमिनाखान, द्वितीय उपाध्यक्ष जानुका बस्नेत(खड्का), महासचिव अम्बिका खत्री, कोषाध्यक्ष मिना गैरे, सहकोषाध्यक्ष हिलेरी राई (तामाङ्ग), सदस्य रेणुका कार्की, कमला गुरुङ, सन्जु सुन्दास तथा समाजसेवी एवम् व्यवसायी माया के.सी खटिएका थिए ।

कार्यक्रमको अन्तमा विभिन्न तबरबाट साथ र सहयोग गर्नुहुुने, रक्तदान गर्नुहुने, विभिन्न व्यक्तिहरु तथा संघसंस्थाबाट प्रतिनिधित्व गर्नु हुने सबैमा धन्यवाद दिइएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको गुण एयरलाइन्सको जहाजको ढोका अचानक आकाशमै खुलेपछि काठमाडौं

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक

लालबहादुर ढेंगा, दुबई, युएई । राहदानी बिभागले हाल बिद्युतीय राहदानी (भ(एबककउयचत) जारी गर्ने कार्यको

काठमाडौं । विभिन्न चार बैंकबाट ८० करोड रुपैयाँ ऋण निकालेर मदिरा व्यवसायी गरेको एक

काठमाडौं । तराई मधेश केन्द्रीत नेताहरुमा पार्टी विभाजन गर्ने र पुरानै दललाई ब्यूँताउने लहर