Logo
२६ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 9 2023
E-paper
  English Edition
   Unicode
Logo

आर्सनललाई किर्तिमानी १३ पटक एफए कपको उपाधि



fa(ट्रफीका साथमा आर्सनलका प्रशिक्षक आर्सेन वेङगर)

१४ जेठ,  काठमाडौँ । इङिलस क्लब आर्सनलले इङल्यान्डको प्रतिष्ठित घरेलु फुुटबल प्रतियोगिता एफए कपको उपाधि जितेको छ । इङल्यान्डको राष्ट्रिय फुटबल मैदान वेमब्लीमा भएको खेलमा आर्सनलले घरेलु चिरपरिचित प्रतिदन्द्धी तथा प्रिमियर लिग बिजेता चेल्सीलाई २ -१ गोल अन्तरले हराएको हो । १० खेलाडीमा सिमित चेल्सीलाई हराउन आर्सनलका एलेक्सिस सान्चेज र आरोन राम्सीले गोल गरे उता चेल्सकिा लागि डिएगो कोष्टाले एक गोल फर्काएका थिए । चेल्सीका भिक्टर मोसेसले दोहोरो पँहेलो कार्ड खाँदै बाहिरिएपछि चेल्सी १० खेलाडीमा सिमित भएको थियो । यो आर्सनलको १३ औ एफए कपको उपाधि हो ।

उपाधि सँगै आर्सनल सबैभन्दा धेरै १३ पटक एफए कपको उपाधि जित्ने क्लब बनेको हो ।एफए कपको उपाधि सँगै  यो वर्ष प्रिमियर लिगको शीर्ष चारबाट बाहिरिएर आलोचित बनेको आर्सनललाई केही राहत मिलेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लन्डन । अध्ययनका लागि यूके आएको केही महिनामै बिरामी भएर निधन भएकी २१ वर्षीया