back

फिप्नाले १४८ औं लखन थापा स्मृति दिवस मनायो

वि.सं.२०८१ चैत ४ सोमवार

378 

shares
GLOBAL IME AD
NTC AD

न्यूयोर्क । आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को आयोजनामा नेपालका प्रथम शहिद लखन थापा मगरको १४८ औं स्मृति दिवस अमेरिकामा भव्य रुपमा मनाइयो ।

नेपाल सरकारका महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नोबल किशोर शाह सुडीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमा विशेष अथितिको रुपमा प्रतिनिधिसभाका सदस्य सुशीला श्रेष्ठ र कमला विश्वकर्माको समेत उपस्थिति रहेको थियो । फिप्नाले प्रथम शहीद लखन थापा मगरको स्मृति दिवस बिगतदेखि मनाउँदै आईरहेको छ ।

प्रथम शहिद लखन थापाको तस्वीरमा माल्यापर्ण तथा दीप प्रज्ववलन गरी कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अथिति शाहले थापाको योगदानको कदर गरेका थिए । कार्यक्रममा बोल्दै उनले जनजाति, दलित मधेशीले आफ्नो अधिकार स्थापित गर्नका लागि एक जुट भएर अगाडि बढ्नुको विकल्प नभएको पनि बताए । कार्यक्रममा विशेष अथिति सुशीला श्रेष्ठले प्रथम शहिद थापाको मार्ग दर्शन र त्यागको सम्मान गर्दै हाल नेपालको समसामयिक राजनीतिक बारेमा आफ्नो धारणा व्यक्त गरेका थिए । आफ्नो धारणा राख्ने क्रममा उनले लिम्बु जातिको संस्कृति सम्पदा मुकुम्लुङमा सरकारलाई अनाश्वयक हस्तक्षेप नगर्न चेतावनी पनि दिईन् । सरकारले यसरी जबरजस्ती केबलकार निर्माण गरिए दीर्घकालिन सञ्चालन नहुने र भविष्यमा हुने क्षति अकल्पनीय हुने उनले बताइन् ।

प्रतिनिधिसभा सदस्य कमला विश्वकर्माले पनि कार्यक्रममा बोल्दै उनलाई वर्षमा एकदिन नसम्झी उनको नाममा स्वास्थ्य संस्था तथा शैक्षिक संस्था स्थापना गर्नुपर्ने आफ्नो धारणा व्यक्त गरेका थिए ।

स्मृति दिवसमा संघीय परिषद्को उपसभामुख निमा गोले तामाङ, सामाजिक अभियान्ताहरु केशबराम राई, समीर महर्जन, शेर्पा किदुङका अध्यक्ष तेम्बा शेर्पा, कलाकार संघकी अध्यक्ष बसन्ती राईले पनि आ–आफ्नो मन्तव्य राखेका थिए ।

फिप्नाका अध्यक्ष तोरण गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम महासचिव दीपक चौधरीले सञ्चालन गरेका थिए । उक्त अवसरमा संस्थाका सचिव शान्ति गुरुङ कोषाध्यक्ष कृष्णमाया महार्जन र महासंघको सल्लाहकार कुलदीप रानामगर लगायत नेपाली डायस्पोराको सामाजिक ब्यक्तिहरू पनि उपस्थिति रहेको थियो ।

वि.सं.२०८१ चैत ४ सोमवार १५:४७ मा प्रकाशित

राष्ट्रपतिद्वारा शिक्षा मन्त्रीलाई शपथ

राष्ट्रपतिद्वारा शिक्षा मन्त्रीलाई शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री...

देश विकासका लागि युवा एकतामा जोड

देश विकासका लागि युवा एकतामा जोड

काठमाडौँ । युवाहरुमा एकता हुँदा सधैँ देश विकासमा टेवा पुग्ने...

नेप्से परिसूचक दुई अङ्कले बढ्यो

नेप्से परिसूचक दुई अङ्कले बढ्यो

काठमाडौँ । अघिल्ला चार कारोबार दिन लगातार घटेको शेयर बजार...

‘जनआन्दोलनका शहिद र घाइतेलाई नभुलौं’

‘जनआन्दोलनका शहिद र घाइतेलाई नभुलौं’

काठमाडौँ । आज १८औँ लोकतन्त्र दिवस । नेपाली जनताको जीत...

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ ढुंगेअड्डामा बसमा आगलागी भएको छ...

लोकतन्त्रको विकल्प अर्को व्यवस्था हुन नसक्ने

लोकतन्त्रको विकल्प अर्को व्यवस्था हुन नसक्ने

गण्डकी । कतिपय पात्र र प्रवृत्तिमा खोट रहेपनि लोकतन्त्रको विकल्प...