back

न्यूयोकमा ईमानसिङ्ग चेम्जोङ्गको जीवनीमा निर्मित वृतचित्रको भव्य प्रदर्शन

वि.सं.२०८१ चैत ४ सोमवार

981 

shares
GLOBAL IME AD
NTC AD

न्यूयोर्क । अमेरिकाको न्युयोर्कमा इतिहासकार स्व. ईमानसिङ्ग चेम्जोङ्गको जीवनीमा आधारित भएर निर्माण गरिएको वृतचित्र प्रदर्शन भएको छ ।

यही मार्च ९ मा ईमान्सिङ्ग चेम्जोङ्ग मेमोरियल फाउन्डेसनको प्रस्तुति र किरात याक्थुङ चुम्लुङ्ग अमेरिका र चेम्जोङ्ग बंश अमेरिकाको ब्यवस्थापनमा वृतचित्र भव्य रुपमा प्रदर्शन गरिएको हो ।

सेन्सेलुङ् पतङ्वा र् ब्बुद्ध चेम्जोङ्को निर्माणमा बनेको बृत्रचित्रको माध्यमबाट लिम्बु समुदायमा स्व. चेम्जोङ्गको योगदानलाई अझ बढी फैलाउन निर्माण गरिएको वृतचित्र ४५ मिनेट लामो रहेको छ । वृतचित्र हेर्न न्यूयोर्कसहित न्यूजर्सी राज्यमा बसोवास गर्ने सयौँको संख्यामा नेपालीहरुको उपस्थिति रहेको थियो साथै यो वृतचित्र विभिन्न देशहरुमा पनि चाडै प्रदर्शन गरिने यस कार्यक्रमका प्रदर्शन ंसंयोजक तथा चेम्जोङ् बंश अमेरिकाका महासचिव गजेन चेम्जोङलाई जानकारी दिए ।

ग्याल सुम्दो सेवा संस्था हल न्यूयोर्कमा छोटो अनौपचारिक कार्यक्रमपछि वृत्तचित्र प्रदर्शन भएको किरात याक्थुङ चुम्लुङ्ग अमेरिकाका अध्यक्ष दीपक थेबेले जानकारी दिए । वृत्तचित्र प्रदर्शनीबाट टिकट मार्फत उठेको रकमको आधा हिस्सा किरात याक्थुङ चुम्लुङ्ग अमेरिकालाई कोष वृद्धिको लागी प्रदान गरिएको कार्यकारी निर्माता बुद्ध चेम्जोङ्ले जानकारी दिए ।

स्व. ईमान सिङ्ग चेम्जोङ्ग नेपाल सरकारले राष्ट्रिय विभूतिू भनि चिनारी गरिसकेका ब्यक्तित्व हुन् । चेम्जोङ्गको नाममा हुलाक टिकेटसमेत प्रकाशित छ ।

वि.सं.२०८१ चैत ४ सोमवार १७:१६ मा प्रकाशित

नेपलीज कम्युनिटी पारदिल्हो पोर्चुगलले मनायो नयाँवर्ष

नेपलीज कम्युनिटी पारदिल्हो पोर्चुगलले मनायो नयाँवर्ष

पोर्चुगल । नेपलीज कम्युनिटी पारदिल्हो पोर्चुगलले विभिन्न कार्यक्रमहरुको आयोजना गरी...

नयाँ वर्षमा एनआरएनए नाइजेरियाद्वारा कल्याणकारी कोष’ स्थापना

नयाँ वर्षमा एनआरएनए नाइजेरियाद्वारा कल्याणकारी कोष’ स्थापना

लेगोस, नाइजेरिया । गैरआवासीय नेपाली संघ नाइजेरियाले नयाँ बर्ष २०८२...

स्पन्दन विनोदका दुई शोक काव्य आयरल्याण्डमा विमोचन

स्पन्दन विनोदका दुई शोक काव्य आयरल्याण्डमा विमोचन

आयल्याण्ड । प्रवासमा रहेर पनि नेपाली साहित्यमा निरन्तर लाग्दै आएका...

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नाइजेरिया शाखा गठन

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नाइजेरिया शाखा गठन

लेगोस, नाइजेरिया । अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नाइजेरिया शाखाको गठन...

स्वास्थ्यमन्त्री पौडेलद्वारा जिपीके फाउन्डेशन अमेरीका कार्यालयको भ्रमण

स्वास्थ्यमन्त्री पौडेलद्वारा जिपीके फाउन्डेशन अमेरीका कार्यालयको भ्रमण

नेपाल सरकारका स्वास्थ्य एवं जनसंख्या मन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली...

डेलिगेट्समा केन्द्रीत हुन उच्चस्तरीय समितिको अपिल

डेलिगेट्समा केन्द्रीत हुन उच्चस्तरीय समितिको अपिल

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले डेलिगेट्समा...