back

लुम्बिनी विश्व शान्ति पर्यटनको केन्द्र : मन्त्री पाण्डे

वि.सं.२०८१ चैत ८ शुक्रवार

171 

shares
GLOBAL IME AD
NTC AD

लुम्बिनी । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेयले लुम्बिनी बौद्धमार्गीको आस्थाको केन्द्रसँगै विश्व शान्ति पर्यटनको केन्द्र रहेको बताएका छन् ।

दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव तथा अन्तरर्राष्ट्रिय ध्यान महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले लुम्बिनी बौद्ध धर्मालम्बीको आस्थाको केन्द्र मात्रै नभइ विश्वभरका शान्तिप्रिय नागरिकको पवित्रस्थल भएकाले शान्ति पर्यटनको केन्द्र भएको बताए । विश्वव्यापी रुपमा लुम्बिनीबाट शान्ति, एकता, सद्भाव र मानवताको सन्देश दिन सकिने उनले बताए ।

विश्वसम्पदा सूचीमा रहेको लुम्बिनीको संरक्षणका लागि मन्त्रालयले काम गरिरहेको मन्त्री पाण्डेले बताए । नेपालले संस्कृती, आध्यात्मिक र साहसी पर्यटनबाट लाभ लिनसक्ने उल्लेख गर्दै उहाँले यसको प्रमुख गन्तव्य लुम्बिनी हुने बताए । उनले हालै पर्यटन प्रवद्र्धन, संस्कृती आदानप्रदान र हवाई सेवा विस्तारका लागि थाइल्याण्ड, कम्बोडिया लगायतका देशसँग सहकार्य गर्न सम्झौता भएकाले त्यसको कार्यान्वयनमा लाग्न आग्रह गरे । लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री पाण्डेले बुद्धजन्मस्थल लुम्बिनीसँग जोडिएका तिलौराकोट, देवदह र रामग्रामलाई विश्व शान्ति सहर बनाउनुपर्नेमा जोड दिए ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले लुम्बिनी बुद्वको ध्यानका लागि विश्वकै उत्कृष्टस्थल रहेको बताए । उनले बुद्ध धर्मको उत्पत्ति र शान्तिको सन्देश दिने स्थल लुम्बिनी रहेकाले महोत्सवले त्यसको प्रवद्र्वनमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशीले लुम्बिनीमा भएको शान्ति महोत्सवले पर्यटन प्रवद्र्वनमा महत्वपूर्ण योगदान पुग्ने बताए । उनले लुम्बिनी विश्वभरका बौद्वमार्गीसँगै विश्वभरका शान्तिप्रियको पनि पवित्रस्थल रहेकाले यहाँ गरिएको शान्ति महोत्सव, ध्यान, सांस्कृतिक कार्यक्रमले विश्वभर सकरात्मक सन्देश जाने बताए ।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चेन सोङले चीनले नेपालसँगको सम्बन्धलाई दिगो बनाउन पवित्रस्थल लुम्बिनीमा दोस्रो पटक लुम्बिनी अन्तरराष्ट्रिय शान्ति सम्मेलन आयोजना गरेको बताए । उनले महोत्सवबाट नेपाल, चीन र अन्य राष्ट्रबीच सांस्कृतिक, खेलकुद, धार्मिक र जनस्तरको सम्बन्ध आदानप्रदान गर्न सहज हुने विश्वास व्यक्त गरे ।

सम्मेलन उद्घाटनका अवसरमा मायादेवी मन्दिर उद्यानमा एक सय भिक्षु र चार सय साधकको सहभागितामा ध्यान गराइएको थियो । शनिबार ‘खेलकुद र विकासका लागि अन्तरर्राष्ट्रिय शान्ति दिवस’को अवसरमा तेस्रो लुम्बिनी अन्तरराष्ट्रिय शान्ति म्याराथन कार्यक्रम राखिएको नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिए । चिनियाँ दूतावाससँगको सहकार्यमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसहित विभिन्न निकायको आयोजनामा बिहीबारदेखि उक्त महोत्सव सुरु भएको हो ।

 

वि.सं.२०८१ चैत ८ शुक्रवार १६:१३ मा प्रकाशित

राष्ट्रपतिद्वारा शिक्षा मन्त्रीलाई शपथ

राष्ट्रपतिद्वारा शिक्षा मन्त्रीलाई शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री...

देश विकासका लागि युवा एकतामा जोड

देश विकासका लागि युवा एकतामा जोड

काठमाडौँ । युवाहरुमा एकता हुँदा सधैँ देश विकासमा टेवा पुग्ने...

नेप्से परिसूचक दुई अङ्कले बढ्यो

नेप्से परिसूचक दुई अङ्कले बढ्यो

काठमाडौँ । अघिल्ला चार कारोबार दिन लगातार घटेको शेयर बजार...

‘जनआन्दोलनका शहिद र घाइतेलाई नभुलौं’

‘जनआन्दोलनका शहिद र घाइतेलाई नभुलौं’

काठमाडौँ । आज १८औँ लोकतन्त्र दिवस । नेपाली जनताको जीत...

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ ढुंगेअड्डामा बसमा आगलागी भएको छ...

लोकतन्त्रको विकल्प अर्को व्यवस्था हुन नसक्ने

लोकतन्त्रको विकल्प अर्को व्यवस्था हुन नसक्ने

गण्डकी । कतिपय पात्र र प्रवृत्तिमा खोट रहेपनि लोकतन्त्रको विकल्प...