back

दोगडाकेदारमा शीतभण्डार सञ्चालनमा

वि.सं.२०८१ चैत ८ शुक्रवार

117 

shares
GLOBAL IME AD
NTC AD

बैतडी । दोगडाकेदार गाउँपालिका–७ मा ५० टन क्षमताको शीतभण्डार (कोल्ड स्टोर) सञ्चालनमा आएको छ ।

प्रारम्भमा किसानबाट १० टन आलु खरिद गरी भण्डारण गरिएको दोगडाकेदार गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष भट्टले जानकारी दिए । बिक्री गर्न बाँकी रहेको आलु किसानबाट खरिद गरी भण्डारण गरिएको उनले बताए । गाउँपालिकाले बजार मूल्यभन्दा बढीमा किसानबाट आलु खरिद गरेको हो ।

किसानबाट गाउँपालिकाले प्रतिकिलो रु ५५ मा आलु खरिद गरेको प्रमुख भट्टले बताए । आर्थिक वर्ष २०८०÷८१ मा सङ्घीय सरकार र गाउँपालिकाको संयुक्त लगानीमा रु एक करोडको लागतमा शीतभण्डार निर्माण गरिएको हो । यसअघि गाउँपालिकाले किसानलाई अनुदानमा आलुको बीउ वितरण गरेको थियो ।

किसानले उत्पादन गरेका तरकारी, फलफूल तथा अन्य कृषि उपज शीतभण्डारमा भण्डारण गरिने प्रमुख भट्टले बताए । किसानले उत्पादन गरेको कृषि उपजले बजार नपाउँदा शीतभण्डार निर्माण गरिएको हो । दोगडाकेदार आलु र सुन्तलाको पकेट क्षेत्र हो । यसअघि शीतभण्डार अभावमा किसानले आफ्नो उत्पादन सस्तोमा बिक्री गर्दैआएका थिए ।

 

वि.सं.२०८१ चैत ८ शुक्रवार १६:४९ मा प्रकाशित

राष्ट्रपतिद्वारा शिक्षा मन्त्रीलाई शपथ

राष्ट्रपतिद्वारा शिक्षा मन्त्रीलाई शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री...

देश विकासका लागि युवा एकतामा जोड

देश विकासका लागि युवा एकतामा जोड

काठमाडौँ । युवाहरुमा एकता हुँदा सधैँ देश विकासमा टेवा पुग्ने...

नेप्से परिसूचक दुई अङ्कले बढ्यो

नेप्से परिसूचक दुई अङ्कले बढ्यो

काठमाडौँ । अघिल्ला चार कारोबार दिन लगातार घटेको शेयर बजार...

‘जनआन्दोलनका शहिद र घाइतेलाई नभुलौं’

‘जनआन्दोलनका शहिद र घाइतेलाई नभुलौं’

काठमाडौँ । आज १८औँ लोकतन्त्र दिवस । नेपाली जनताको जीत...

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ ढुंगेअड्डामा बसमा आगलागी भएको छ...

लोकतन्त्रको विकल्प अर्को व्यवस्था हुन नसक्ने

लोकतन्त्रको विकल्प अर्को व्यवस्था हुन नसक्ने

गण्डकी । कतिपय पात्र र प्रवृत्तिमा खोट रहेपनि लोकतन्त्रको विकल्प...