१९ जेठ, काठमाडौँ ।आईसिसी च्याम्पियन्स ट्रफी अन्र्तगत आज हुने खेलमा अष्ट्रेलिया रु न्युजिल्यान्ड भिड्दै छन् । इङल्यान्डको एड्जब्यास्टन स्टेडियममा हुन गईरहेको यो खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । स्टीभ स्मिथको कप्तानीमा अष्ट्रेलिया उत्रदै छ भने न्युजिल्यान्डका केन विलियम्सनले कप्तानीको जिम्मेवारी निभाउने छन ।
अन्तिम चोटी यी दुइै टोली भिड्दा न्युजिल्यान्डले अष्ट्रेलियालाई पराजित गरेको थियो ।त्यसैले आजको खेलमा अष्ट्रेलियालाई बदला लिने मौका समेत रहेको छ ।अझ च्याम्पियनस ट्रफीमा न्युजिल्यान्डले अष्ट्रेलियालाई हराउन सकेको छैन् तसर्थ आजको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।
वि.सं.२०७४ जेठ १९ शुक्रवार ०५:४१ मा प्रकाशित
























