back

भरतपुर क्यान्सर अस्पतालमा अङ्कोलोजी विषयमा नर्सिङ पढाइ हुने

वि.सं.२०७४ जेठ १९ शुक्रवार

753 

shares

१९ जेठ चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा आउँदो शैक्षिक सत्रबाट स्नातक तहमा अङ्कोलोजी विषयमा नर्सिङ पढाइ हुने भएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यकाअनुसार पोखरा विश्वविद्यालयको सम्बन्धनमा नेपालमै पहिलो पटक क्यान्सर विषयसँग केन्द्रीत हुनेगरी नर्सिङ पढाइ हुनेछ । तीन वर्षे अध्ययनका क्रममा एकवर्ष क्यान्सर सम्बन्धी अध्ययन गराइने छ । यसका लागि विश्वविद्यालयमा पाठ्यक्रमसमेत बनिसकेको कार्यकारी निर्देशक आचार्यले बताउनुभयो ।

उहाँले भन्नुभयो “अस्पताल सञ्चालक समितिले निर्णय गरेसँगै प्रक्रिया अन्तिम चरणमा पुग्नेछ ।” विगत केही वर्षयतादेखि क्यान्सर अस्पतालले पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर नर्सिङमा स्नातक पढाइका लागि गृहकार्य गरिरहेको थियो ।

विद्यार्थीले क्यान्सर उपचार पद्दति सम्बन्धी ज्ञान पाउने भएकाले यहाँको क्यान्सर अस्पतालसँगै अन्य अस्पतालका लागि उपयुक्त जनशक्ति उत्पादन गर्न सकिने कार्यकारी निर्देशक आचार्यले बताउनुभयो । सुरुको समयमा ३० जना विद्यार्थीबाट पढाइ सञ्चालन गर्ने तयारी गरिएको छ ।

अस्पतालका शैक्षिक कार्यक्रम विभाग प्रमुख डा शिवजी पौडेलले यसबाट उत्पादित जनशक्ति नेपालका लागि अत्यावश्यक देखिएकोले यो विषयको पढाइ सुरु गर्न लागिएको हो भन्दै एमडी र एमएस गरिसकेका चिकित्सकलागि अङकोलोजीमा ‘फेलोसिप’ कार्यक्रम पनि सञ्चालन गर्ने तयारीमा अस्पताल जुटेको बताउनुभयो ।

उपचारका लागि निकै जटिल र खर्चिलो रोगको रुपमा क्यान्सरलाई लिने गरिन्छ । पछिल्लो समय मानिसको खानपान, वातावरण प्रदूषणलगायतका कारण क्यान्सरका बिरामीको सङ्ख्या बढ्दै गएको छ ।

एसियाकै नमुना अस्पतालको रुपमा विकास गर्ने लक्ष्यका साथ स्थापना भएको यो क्यान्सर अस्पताललाई शैक्षिक प्रतिष्ठानको रुपमा विकास गर्ने उद्देश्यका साथ स्नातक तहमा अङ्कोलोजी विषयमा नर्सिङ पढाइ कार्यक्रम अगाडि बढाउन लागिएको अस्पताल सञ्चालक समितिका अध्यक्ष डा प्रकाश न्यौपानेले बताउनुभयो । रासस

वि.सं.२०७४ जेठ १९ शुक्रवार ०९:०४ मा प्रकाशित

Himalayan Life AD
युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

काठमाडौं  । नेकपा एमालेको ११औँ महाधिवेशनमा युवा संघ नेपालले झण्डै...

यस्तो छ रासायनिक मल आयातको अवस्था

यस्तो छ रासायनिक मल आयातको अवस्था

काठमाडौँ । सरकारले हालसम्म चार लाख ६५ हजार मेट्रिक टन...

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन...

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ।प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले ज्यान गुमाएको...

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

मलेखु (धादिङ) । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको...

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय...