back

पत्रकार महासङ्घको अधिवेशनका लागि रु ३० लाख अनुदान

वि.सं.२०७४ जेठ १९ शुक्रवार

195 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

१९ जेठ, काठमाडौँ  । सरकारले नेपाल पत्रकार महासङ्घको अधिवेशन सम्पन्न गर्नका लागि रु ३० लाख अनुदान दिने निर्णय भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले मे २ तारिखलाई सूचना तथा सञ्चार प्रविधि दिवसका रुपमा मनाउने निर्णय गरेको छ ।

बैठकले स्थानीय तहको निर्वाचन सम्पन्न भएका स्थानमा कर्मचारी पठाउने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले बताउनु भयो ।

गरिबसँग विश्वेश्वर, गरिबी निवारण कोष, युवा स्वरोजगार कोषजस्ता गरिबसँग सम्बन्धित सबै कार्यक्रमलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राख्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले वन्यजन्तुको आक्रमणबाट मारिएका नागरिकका परिवारलाई क्षतिपूर्तिस्वरुप पहिले रु पाँच लाख दिने गरिएकामा अबदेखि रु १० लाख दिने निर्णय गरेको छ । रासस

वि.सं.२०७४ जेठ १९ शुक्रवार १५:१८ मा प्रकाशित

भूकम्पको चार महिनामा रुकुम पश्चिममा २८ हजार अस्थायी आवास निर्माण

भूकम्पको चार महिनामा रुकुम पश्चिममा २८ हजार अस्थायी आवास निर्माण

त्रिवेणी (रुकुम पश्चिम) । गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा...

मन्त्री यादव भन्छन्-खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि प्रयास भइरहेको छ

मन्त्री यादव भन्छन्-खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि प्रयास भइरहेको छ

काठमाडौँ । खानेपानीमन्त्री महिन्द्रराय यादवले तराई–मधेस क्षेत्रमा देखिएको खानेपानी समस्याको...

संसद्मा संयमता र धैर्यताका प्रस्तुत होऔँ : नेता लेखक

संसद्मा संयमता र धैर्यताका प्रस्तुत होऔँ : नेता लेखक

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद्मा कुनै...

नायिका रेखा थापालाई पुत्री लाभ

नायिका रेखा थापालाई पुत्री लाभ

काठमाडौ । नायिका रेखा थापालाई पुत्री लाभ भएको छ ।...

मन्त्री गुरुङ भन्छन्-कानुन निर्माण सरकारको उच्च प्राथमिकतामा छ

मन्त्री गुरुङ भन्छन्-कानुन निर्माण सरकारको उच्च प्राथमिकतामा छ

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सङ्घीयता...

वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन तीनै तहको समन्वय आवश्यक : मुख्यमन्त्री यादव

वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन तीनै तहको समन्वय आवश्यक : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले वैदेशिक रोजगारीलाई...