Logo
३ माघ २०७८, सोमबार
     Mon Jan 17 2022
E-paper
  English Edition
   Unicode
Logo

झापाका समाजसेवीद्वारा पत्रकार उपचार कोषलाई रु एकलाख



money

 २० जेठ, सुरुङ्गा (झापा) । झापाका एक समाजसेवीले पत्रकार सहारा उपचार कोषका लागि आज रु एक लाख एक हजार १११ प्रदान गरेका छन् ।

अर्जुनधारा नगरपालिका–११ बुट्टाबारी निवासी ९३ वर्षीय मानबहादुर गिरी तथा छोराबुहारी कृष्णकुमार र शान्तिकुमारी (मधु)ले नेपाल पत्रकार महासङ्घ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि उक्त रकम सहयोग गर्नुभएको हो ।

गिरी परिवारले सो सहयोग रकम पत्रकार महासङ्घ, झापाका अध्यक्ष तारामणि सापकोटा र महासङ्घका उपाध्यक्ष एवम् उपचार कोषका संयोजक एकराज गिरीलाई हस्तान्तरण ग¥यो ।

पत्रकार महासङ्घ झापाले रु एक करोडको कोष स्थापना गर्ने लक्ष्यका साथ अघि बढाएको उपचार कोषमा हालसम्म रु १५ लाखभन्दा बढी जुटिसकेको महासङ्घका सहसचिव तथा कोषका सदस्य सचिव केशव भट्टराईले जानकारी दिनुभयो ।

भोजपुरको दिल्पा नाम्दालुङमा जन्मनुभएका मानबहादुरले सामाजिक तथा धार्मिक क्षेत्रमा उल्लेख्य सेवा र सहयोग गर्दै आउनुभएको छ ।

उहाँले यसअघि दशनामी समाज, झापाको भवन निर्माणका लागि बुट्टाबारीमा चारकट्ठा जग्गा दानसमेत गर्नुभएको छ ।

गिरीले विराट–भरत विश्रान्ति वृद्धाश्रमका लागिसमेत रु १० लाखको गाडी विश्रान्तिका अध्यक्ष हर्कलाल गिरीलाई हस्तान्तरण गर्नुभएको थियो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । काठमाडौं दरबारमार्गमा विदेशी मदिराको कारोबार गरिरहेको पसल ग्रीनलाइन सेन्टरका सञ्चालकको विषय अहिले

काठमाडौं । हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) द्धारा सन्चालित धुर्मुस

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक

लालबहादुर ढेंगा, दुबई, युएई । राहदानी बिभागले हाल बिद्युतीय राहदानी (भ(एबककउयचत) जारी गर्ने कार्यको

काठमाडौं । विभिन्न चार बैंकबाट ८० करोड रुपैयाँ ऋण निकालेर मदिरा व्यवसायी गरेको एक