Logo
१२ माघ २०७८, बुधबार
     Wed Jan 26 2022
E-paper
  English Edition
   Unicode
Logo

प्रजनन विधेयक व्यवस्थापिका–संसद्मा प्रस्तुत हुने



२० जेठ, काठमाडौँ  । स्वास्थ्यमन्त्री गगनकुमार थापाले प्रजनन स्वास्थ्यसम्बन्धी विधेयक १५ दिनभित्र व्यवस्थापिका–संसद्मा प्रस्तुत हुने बताउनुभएको छ ।

प्रजनन स्वास्थ्य अधिकार कार्य समूहले आज आयोजना गरेको अन्तक्र्रियामा मन्त्री थापाले संविधानको मौलिक हकमा व्यवस्था गरिएको प्रजनन अधिकारलाई कानुनतः स्थापित गर्न र नेपालको यससम्बन्धी प्रतिबद्धता पूरा गर्न उक्त विधेयक यथाशीघ्र पारित हुनुपर्नेमा जोड दिनुभयो ।

सो विधेयक तयार गर्न मन्त्रिपरिषद्ले दुई साताअघि स्वास्थ्य मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको थियो ।

मन्त्री थापाले भन्नुभयो–“भोलि आइतबार कानुन मन्त्रालयमा विधेयक पठाइने र बढीमा दुई साताभित्र मन्त्रिपरिषद्मा छलफल भई संसद्मा पुग्नेछ । सरकार परिवर्तन भए पनि यो मन्त्रालयको प्राथमिकताको विषय बनिसकेकाले कुनै प्रभाव पर्ने छैन ।”

कार्यक्रममा सो कार्य समूहको तर्फबाट सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्माले प्रजनन विधेयक ल्याउन र स्वास्थ्य क्षेत्रमा सुधारका कामको नेतृत्व गरेकामा मन्त्री थापालाई सम्मानित गर्नुभयो ।

महिला, कानुन र विकास मञ्चका अधिवक्ता सविन श्रेष्ठले प्रस्तावित विधेयकमा सुरक्षित मातृत्व, किशोरकिशोरीको अधिकार, अपाङ्गता भएका महिला तथा प्रजनन स्वास्थ्य, रुग्णतासम्बन्धी अधिकार र दण्ड सजायसम्बन्धी व्यवस्था भएको बताउनुभयो ।

सञ्चारिका समूहका कोषाध्यक्ष यशोदा अधिकारीले प्रजनन विधेयकले महिलाको प्रजनन अधिकार स्थापित गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सरकारी काममा सर्वसाधारणले कतिसम्म सास्ती पाउँछन् भन्ने कुरा चितवनका जोन कँडेलले पाएको सास्तीले देखाएको

काठमाडौं । जन्डिस रोग लागेपछि स्वदेशकै निजी अस्पताल सुमेरुमा उपचार गराइरहेका नेकपा (माओवादी केन्द्र)का

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै

काठमाडौं । एक पूर्व सैनिक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । सोलुखुम्बु लिखुपिके