
२१ जेठ । बझाङ जिल्ला खप्तड छान्ना गाउपालिका अध्यक्षमा नयाँ शक्ति पार्टीबाट माइकल क्षेत्रीले उम्मेदवारी दिएका छन् । अन्तरास्ट्रिय नेपाली युबा शक्ति ( भारत) केन्द्रिय संयोजक तथा नया शक्ति पार्टीका युबा अभियन्ता माइकल क्षेत्रीले बझाङ जिल्ला अन्तरगत खप्तड छान्ना गाउपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।
अरु पार्टीको उम्मेदवारहरु परम्परागत ढङबाट चयन गरिएको र युबालाइ अबसर नदियका कारण खप्तडमा आफ्नो जित सुनिश्चित रहेकोे क्षेत्री बताउँछन् । बिकासबादी सोच भएका र राजनितिमा एउटा उचाइ हाशिल गरेका माइकल क्षेत्रीको जित्ने सम्भावना प्रबल रहेको देखिन्छ ।