
सीता शर्मा पन्थी, वीरगन्ज पर्सा
तिमी सागर म किनार बनूँला
तिमीले भने अनुसार बनूँला
नसम्झ मलाई अरूको भनेर
तिम्रो मालाको म हार बनूँला
तिमी र म एउटै रथको पाङ्ग्रा
सँगसँगै हिड्ने म सवार बनूँला
संकट जे जस्तो आए पनि प्रिय
समाधान खोज्ने म पार बनूँला
जीवनमा दुःखसुख आउँछ नै
खुसीले बाँच्ने म आधार बनूँला
वि.सं.२०८२ वैशाख २७ शनिवार ०८:२२ मा प्रकाशित