
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य ह्वात्तै घट्ेको छ । एकैदिन प्रतितोला सुनको मूल्यमा ३ हजार ७०० रुपैयाँको गिरावट देखिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ८६ हजार ८०० रूपैयाँमा कारोबार भईरहेको छ भने आइतबार सुन प्रतिोला १ लाख ९० हजार ५०० रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै चाँदीको भाउ पनि तोलामा १० रूपैयाँले घटेर प्रतितोला १ हजार ९६० रूपैयाँका दरले किनबेच भइरहेको महासंघले जनाएको छ ।
वि.सं.२०८२ वैशाख २९ सोमवार १४:०९ मा प्रकाशित