Logo
१५ चैत्र २०७९, बुधबार
     Wed Mar 29 2023
E-paper
  English Edition
   Unicode
Logo

पहिरोले लघुजलविद्युत् आयोजनाको पाइप बगायो



२१ जेठ, बाबियाचौर (म्याग्दी) । धौलागिरि गाउँपालिका–२ लुलाङस्थित दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको पाइपलाइन पहिरोले बगाएको छ ।

विसं २०७३ साउन ८ गते जुगेपानी भन्ने ठाउँबाट खसेको पहिरोले क्षति पु¥याएको नहरको विकल्पमा राखिएको ४० मिटर पाइपलाइन शुक्रबार साँझको वर्षापछि आएको पहिरोले फेरि बगाएको हो ।

पाइपलाइन राखेर मर्मत गरी पुनः सञ्चालनमा रहेको ३५ किलोवाट क्षमताको आयोजनामा पहिरोले क्षति पु¥याएपछि थप समस्या उत्पन्न भएको परियोजनाका अध्यक्ष कृष्ण गौचनले बताउनुभयो ।

जिल्ला समन्वय समितिको आर्थिक सहयोगमा पाइप खरिद गरी उपभोक्ताले श्रमदान गरेर पाइपलाइन जडान गरेर परियोजना पुनः सञ्चालनको तयारी गरेका थिए । परियोजना बन्द हुँदा गत १० महिनादेखि लुलाङका ३५० घरधुरी उपभोक्ता उज्यालोका लागि सोलार र टुकी प्रयोग गर्न बाध्य छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ

काठमाडौँ । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम