
भवानी घिमिरे, सर्लाही
१।
प्रीति गाँसेर
प्रकृति छिन् साथमा
बस्छिन् हाँसेर ।
२।
मुक्ति नाथमा
पाप सारा पखालौँ
स्वच्छ गाँथमा ।
३।
शिर आकाश
दूर देश पारीको
जान सकस ।
४।
दुई भिरमा
हिउँको सजावट
आफ्नो शिरमा ।
५।
हिउँ छरेर
मुसुमुसु मस्किन्छिन्
मख्ख परेर ।
६।
काली तिरमा
मान्छे उड्ने हावा त
छैनन् थिरमा ।
७।
हिमाली देश
बसेकी छिन् डाँडामा
सेतो छ भेष ।
८
ढुङ्गा पल्टायो
कागबेनीको हावा
भीर लडायो ।
९
मुक्ति नाथले
दिन्छन् है आशिर्वाद
उनै दाताले ।
१०
जय गानामा
मुक्ति नाथ भगवान्
आफ्नै सानमा ।
वि.सं.२०८२ जेठ १० शनिवार ०७:३५ मा प्रकाशित