
बिष्णुकुमार बराइली
मिरिक, दार्जिलिङ
चारैतिर हेर्दा झगडा छन्
घर घरका आफ्नै लफडा छन्
कसलाई के भन्ने साथी
आफ्नै शत्रु बनेर खडा छन्
मिल्ने बात कसैको छैन
लाग्छ सबैका तर्क कडा छन्
गतिछाडा छ प्रवृत्ति कसैको
मान्छे साना काण्ड बडा छन्
हाम्रो छवि साफ छ भन्छन् सब
सम्मान त थोत्रा कपडा छन्
बहर : मीर
मात्रा : १६
काफिया : अडा
रदिफ : छन्
वि.सं.२०८२ असार ७ शनिवार ०७:४८ मा प्रकाशित