back

सडक दुर्घटना रोक्न फलामे बार

वि.सं.२०७४ जेठ २३ मंगलवार

648 

shares

 

२३ जेठ, डडेल्धुरा । बर्सेनि ७ नं प्रदेशका पहाडी सडकमा सडक दुर्घटनामा परी थुप्रै मानिसले ज्यान गुमाउने र धेरै मानिस अङ्गभङ्ग हुन थालेपछि पहाडी राजमार्गका सडकमा दुर्घटना न्यूनीकरण गर्न फलामे बार लगाइएको छ ।
यातायातको चाप बढी हुने सुदूरपश्चिमका अधिकांश पहाडी राजमार्गमा सडक सुरक्षा सहयोग कार्यक्रमअन्तर्गत सडक दुर्घटना कम गर्न करोडौँको लगानीमा फलामको बार लगाउन सुरु गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

सुदूरपश्चिमको महाकाली राजमार्गअन्तर्गत कैलालीको खानीडाँडादेखि दार्चुलासम्म र जयपृथ्वी राजमार्गमा सडक सुरक्षाका लागि फलामे बार लगाउन सुरु गरिएको छ । सडकको घुम्तीसहित जोखिम क्षेत्रमा फलामको बार लगाउँदा राति बारमा गरिएको पेन्टिङले घुम्तीमा रोडलाइन देखाउने र सामान्य रुपमा गाडीमा समस्या आई ब्रेकफोर्स समेत गरी दुर्घटनाबाट जोगाउने डिभिजन कार्यालय डोटीेका इ महानन्द जोशीले बताउनुभयो ।

सडकमा फलामे बार लगाउँदा यात्रु गाडी दुर्घटनाको जोखिमबाट जोगिने र चालकलाई समेत दिउँसो र राति गाडी चलाउनमा सहजता भएको छ ।

फलामेबारले मुख्य गरी दुर्घटना न्यूनीकरण गर्ने र पथप्रदर्शन गर्नेसडक डिभिजन कार्यालय बैतडीका डिभिजन प्रमुख ललितजङ्ग खनाले बताउनुभयो । डडेल्धुरा, डोटी, बैतडी, दार्चुला र बझाङका राजमार्गमा जोखिम र घुम्ती भएको स्थानमा फलामे बार लगाउने काम भइरहेको छ ।

विश्व बैंकको आर्थिक सहयोगमा सडक सुरक्षाका लागि फलामको बार लगाइएसँगै सडक दुर्घटनामा कमी आउने विश्वास लिइएको छ । फलामको बारका कारण पहाडी सडकमा यातायात सञ्चलनदेखि रातिको समयमा घुम्तीमा यातायात सञ्चालनका लागि सहज हुने चालक गङ्गाराम भट्टको भनाइ छ ।

वि.सं.२०७४ जेठ २३ मंगलवार ०७:०२ मा प्रकाशित

Himalayan Life AD
सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा...

लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह

लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लोकतान्त्रिक पद्धतिलाई स्थापित...

मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा

मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा

जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका मधेस प्रदेशसभा सदस्य...

कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता

कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियार र...

महिला भलिबलः त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

महिला भलिबलः त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

झापा । यहाँ जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा त्रिभुवन...

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज...