Logo
४ माघ २०७८, मंगलवार
     Tue Jan 18 2022
E-paper
  English Edition
   Unicode
Logo

बाँदरमुढे घटना पिडितले १२ वर्ष वित्दा पनि न्याय पाएनन्



२३ जेठ, चितवन । जिल्लाको दक्षिणमा पर्ने माडीको बाँदरमुढेमा तत्कालीन नेकपा माओवादीले यात्रुबाहक बसमा बम विस्फोट गराएको आज १२ वर्ष पूरा भएको छ । सो घटनामा ३८ जनाले ज्यान गुमाएका थिए भने ७२ जना घाइते भए पनि अहिलेसम्म पीडितले न्याय नपाएकाले आन्दोलन गर्दै आएका छन् ।

बाँदरमुढे घटनालाई स्वदेश र विदेशमा निकै आलोचित घटनाका रुपमा लिइन्छ । माओवादी केन्द्रले यो घटना भुलबस भएको भन्दै पटक–पटक माफी माग्दै पनि आएको छ ।

बाँदरमुढे घटनापीडित सङ्घर्ष समितिका उपाध्यक्ष कृष्ण अधिकारीले घटनाको सत्यतथ्य पत्ता लगाएर दोषीलाई हदैसम्मको कारबाही गरिनुपर्नेमा जोड दिंदै भन्नुभयो – “जतिवर्ष बितेपनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनअनुसार दोषीलाई सजाय हुनुपर्छ ।”

मृतक परिवारले प्रतिव्यक्ति रु पाँच लाख मात्रै पाएका छन् भने घाइतेमध्ये १८ जनाले न्यूनतम राहत पाएकाले पीडितलाई न्याय र परिपूरणको व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ । माओवादी निकटका दुई जनाले मात्र शतप्रतिशत राहत पाएको तर अन्यले भने २० प्रतिशतको हाराहारीको मात्रै राहत पाएकाले घाइतेको थप उपचार राज्यले गर्नुपर्ने र तिनका बालबच्चाको जिम्मा राज्यले लिनुपर्ने उहाँले बताउनुभयो ।

अझै पनि १० जना घाइते काम गर्न सक्ने अवस्थामा छैनन् । कतिपयले मानसिक औषधि नियमित प्रयोग गर्दै आएका छन् भने अन्य विभिन्न समस्याका कारण नियमित औषधि खानेको सङ्ख्या पनि धेरै छ ।
माडीको अयोध्यापुरीबाट नारायणगढतर्फ आइरहेको ना२ख ३२४५ नंको बस कल्याणपुर र वसन्तपुर बजारको बीचमा पर्ने बाँदरमुढे खोलामा माओवादीको एम्बुसमा पार्दा सो घटना भएको थियो । विसं २०६२ जेठ २३ गते घटना भएको हो । त्यतिबेला राष्ट्रिय जनमोर्चाका ठाकुर ढकाल माओवादीमा एकीकरण भएर अहिले माओवादी नेता बन्नुभएको छ । उहाँ सोही ठाउँबाट नगरप्रमुख पदमा विजयी हुनुभएको हो ।

माडी नगरपालिकाका प्रमुख ढकाल आफ्नो पहिलो एजेन्डा बाँदरमुढे पीडितलाई सम्बोधन गर्ने रहेको बताउनुहुन्छ । दुईतर्फबाटै पूर्वाग्रह भएको भन्दै उहाँले यसलाई तोडेर मित्रताको व्यवहार गर्दै पीडितमाथि न्याय दिलाउने बताउनुभयो । कमजोरीलाई सधैँ कोट्याउनुभन्दा जुन परिस्थिति अहिले छ, त्यसलाई समाधान गर्नेतर्फ लाग्न आफू प्रतिबद्ध रहेको उहाँले जोड दिनुभयो ।

पीडितका माग नगर तह र माथिल्लो निकायबाट पूरा गराउन आफू प्रतिबद्ध छु भन्दै उहाँले सधैँ यसलाई उचालिरहनुभन्दा समाधान गर्नेतर्फ लाग्नुपर्ने सुझाव दिनुभयो ।

घटनास्थलमा स्थापना गरिएको स्मारकमा लेखिएका शब्दका विषयमा अहिले पनि विवाद भएकाले यसलाई समाधान गर्दै नजिकै रहेको तीन बिगाहा जग्गामा पार्क निर्माण गर्ने सोही क्षेत्रमा मृतकको सम्झनामा स्मारक र मन्दिर पनि बनाइने उहाँले बताउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सरकारी सेवाका २२ वर्षमा एक उपसचिवले निकै तरक्की गरेको समाचार सार्वजनिक भएको

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक

काठमाडौं । विभिन्न चार बैंकबाट ८० करोड रुपैयाँ ऋण निकालेर मदिरा व्यवसायी गरेको एक