गैरआबासिय नेपाली संघ, अन्तरास्ट्रिय समन्वय समिती (आईसीसी) ले सदस्यता शुल्क घटाएर १० डलर कायम गरेको छ । एनआरएनए मध्यपुर्बले जुन तिन तारीक जारी गरेको बिज्ञप्तीमा मध्यपुर्ब, मलेसिया र अफ्रिकी मुलुकहरुमा काम गर्ने नेपालीहरुको लागि सदस्यता शुल्क घटाएर १० डलर कायम गरेको जनाएको छ ।
यसअघी आईसीसीले एनआरएन सदस्यताको लागि प्रती ब्यक्ति १५ डलर बुझाउनु पर्ने निर्णय गरेको थियो । आईसीसीको यो निर्णय पछि मध्यपुर्ब र मलेसियामा काम गर्ने मजदुरहरुले १५ डलर तिर्न नसक्ने भन्दै आईसीसीको निर्णय प्रति ब्यापक आलोचना गरेका थिए ।
एनआरएनए मध्यपुर्बका संयोजक डिबी क्षेत्रीले तिन तारीक विज्ञप्ति जारी गर्दै एनआरएनएको सदस्यता शुल्क आईसीसीलाई प्रती ब्यक्ति १० डलर मात्रै बुझाउन आग्रह गरेका हुन।
उनले असल र स्वच्छ चरित्र भएको ब्यक्तिले संस्थाको नेत्रित्व नलिएमा खराब आचरण र भ्रस्ट ब्यक्तिहरुले एनआरएनको नेत्रित्व गर्ने भएकोले असल ब्यक्तिहरुलाई नेत्रित्वमा आउन अपील समेत गरेका छन ।
वि.सं.२०७४ जेठ २३ मंगलवार ०८:३४ मा प्रकाशित



























