
काठमाडौँ । मेखलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान रत्ननगर–१ चितवनले पद्मश्री साहित्य पुरस्कार–२०८१ का लागि पहिलो चरणको उत्कृष्ट विस्तारित सूची (लङ लिस्ट) सार्वजनिक गरेको छ । नेपाली साहित्यमा प्रकाशित उत्कृष्ट कृतिलाई हरेक बर्ष पद्मश्री साहित्य पुरस्कार प्रदान गरिंदै आएको छ ।
वि.स. २०८१ सालमा प्रकाशित २०३ वटा साहित्यिक पुस्तक यस प्रतिष्ठानमा प्राप्त भएका थिए । ती मध्ये पुरस्कार चयन समितिले पहिलो चरणमा निम्न पन्ध्र पुस्तकको विस्तारित सुची प्रतिष्ठानलाई उपलब्ध गराएको छ ।
यो सुचीबाट समितिले आगामी महिना पाँचवटा पुस्तकको उत्कृष्ट संक्षिप्त सुची चयन गर्नेछ । पद्मश्री उत्कृष्ट विस्तारित सुचीका कृतिहरु अकारादी क्रममा १५ वटा कृति रहेका छन् ।
कृतिहरु मध्ये.अर्हत – उपन्यास, शैलेन्द्र अधिकारी, उरमाल – आख्यान, छुदेन काविमो, एउटा मायी नगरमा–कथा संग्रह, रमेश क्षितिज, छालबाटो – गैह्र आख्यान, रमेश भुसाल, प्रणाम सगरमाथा – नियात्रा, भवानी खतिवडा, प्रवासीको देश हुन्न –आख्यान, पंचम अधिकारी, पानीको परेड – कविता, दिनेश अधिकारी, बहुरुपी – कथासंग्रह, श्रेयज सुवेदी लगायतका छन् ।
यस्तै रुदाने – उपन्यास, टंक चौलागाई, स्व – उपन्यास, सरस्वती प्रतीक्षा, साँझमा सेल्फी – कविता, हेम प्रभास, सावर्णि – उपन्यास, डा श्रीधर खनाल, सिमसारा – आख्यान, वसन्त बस्नेत, श्री ५ को सेवामा – संस्मरण, हेमन्त मिश्र, हिउँको गीत – उपन्यास, तीर्थ गुरुङ लगायतका कृति रहेको छ ।
वि.सं.२०८२ असार १५ आइतवार १२:५४ मा प्रकाशित