Logo
५ माघ २०७८, बुधबार
     Wed Jan 19 2022
E-paper
  English Edition
   Unicode
Logo

विद्युतिय नागरिक वडापत्र राख्ने नेपाली दुताबास युएई पहिलो



नारायण भुर्तेल,युएई । युएईमा कार्यरत नेपालीहरु तथा सेवाग्राहीको सेवा सुविधालाई ध्यानमा राखी नेपाली राजदुतावास युएईले विद्युतिय नागरिक वडापत्र राखेको छ । दूतावासले आफ्नो कार्यालयबाट प्रदान गरिने संपुर्ण सेवा, सुविधाहरुको प्रक्रिया र विधि बारे सेवाग्रहीहरुलाई सहज तरिकाले सूचना प्रवाह गर्न विद्युतिय नागरिक वडापत्र राखेको हो ।

यसरी सेवाग्राहीलाई ध्यान दिदै विद्युतिय नागरिक वडा पत्र राख्नेमा नेपाली दुताबास युएई पहिलो रहेको दुताबासले जनाएको छ ।जेठ २१ गतेबाट दूतावास भित्रको प्रतीक्षालयमा राखिएको उक्त वडापत्रमा दूतावासको संपर्क विवरण, सेवा र शुल्कको विवरण, नेपाली कागज प्रमाणीकरणको प्रक्रिया, डकुमेन्ट एटेस्टेसन, भिजा संबन्धी जानकारी र एमआरपी संबन्धी महत्त्वपूर्ण जानकारीको डिजिटल डिस्प्लेराखिएको छ ।

त्यसैगरी दुर्घटनाबाट बच्न अपनाउनुपर्ने सावधानीहरु , लागुऔषध र मदिरा सेवन नगरौं भन्ने सन्देशहरु, युएईमा ल्याउन र लैजान निषेध गरिएका वस्तुहरु बारेको जानकारी समेत पाउन सकिन्छ । त्यस्तै सामाजिक संजालको प्रयोगमा ध्यान दिनुपर्ने कुराहरु लगायत अन्यमहत्त्वपूर्ण सन्देशहरुको अडियो, भिडियो राखिएको छ । दूतावासले यसअघि आफ्नो वेबसाईट फेसबुक पेज, ट्विटर एकाउन्ट तथा सूचना पाटी मार्फत सेवाग्राहीलाई सूचना प्रवाह गर्दै आएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

५ माघ, काठमाडौँ । होबार्ट हरिकेन्स विरुद्ध मेलबर्न स्टार्सका कप्तान ग्लेन म्याक्सवेलले १५४ रनको

काठमाडौं । सरकारी सेवाका २२ वर्षमा एक उपसचिवले निकै तरक्की गरेको समाचार सार्वजनिक भएको

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक