back

म्यादी प्रहरीले जथाभावी रकम उठाउन थाले

वि.सं.२०७४ जेठ २३ मंगलवार

714 

shares

२३ जेठ, वीरगन्ज । स्थानीय तहको निर्वाचनमा भर्ना गरिएको म्यादी प्रहरीले जथाभाबी रकम उठाउन थालेपछि पर्सा जिल्लामा सर्वसाधारण आतङ्कित भएका छन् ।

नेपाल भारतको सीमा क्षेत्र इनर्वा, छपकैया, सिरसियालगायत ठाउँमा म्यादी प्रहरीको बाक्लो उपस्थिति रहेको र भारतबाट घरायसी प्रयोजनका लागि सामान ल्याउने गर्दा गालीगलोज गर्ने, अभद्र व्यवहार गर्ने, सामान खोस्ने, मागअनुसारको रकम लिने गरेको पीडित उपभोक्ताको गुनासो छ ।

जिल्लामा एक हजार ४९२ म्यादी प्रहरी छन् । पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार साहले यसबारेमा केही थाहा नभएको तर वास्तविकता पत्ता लगाइने स्पष्ट गर्नुभयो ।

देशमा सबभन्दा बढी राजस्व दिने मानिएको वीरगन्ज भन्सार क्षेत्रमा रहेका म्यादी प्रहरीले प्रतिव्यक्ति रु २५ देखि ५० सम्म रकम उठाउने गरेको पीडितको गुनासो छ । पहिले पहिले भारतबाट सामान ल्याउँदा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई महिनावारी रकम दिने गरिएको म्यादी प्रहरीलाई रकम दिनुपर्ने बाध्यता रहेको मीना बजारका एक व्यापारीले नाम उल्लेख नगरिदिने सर्तमा बताएका छन् ।

ट्राफिक प्रहरीका जिम्मामा रहेको सवारी जाँच गर्ने अधिकार अब म्यादी प्रहरीले पनि प्रयोग गर्न थालेको भनी सवारी धनी तथा चालकले दिक्दारी व्यक्त गरेका छन् । घरायसी प्रयोजनका लागि भनेर दुई साडी ल्याउँदा भन्सार क्षेत्रमा रहेका म्यादी प्रहरीले खोसेको तथा साँझ परेपछि रकम लिएर उक्त साडी फिर्ता दिएको छपकैयाकी एक गृहिणीले गुनासो गरिन् ।

दोस्रो चरणको स्थानीय तहको निर्वाचन मिति सरेपछि ब्यारेकभित्र बस्नुपर्ने म्यादी प्रहरीलाई वीरगन्ज सहरको कुनाकाप्चामा खटाइएपछि जनताले सास्ती भोग्दै आएका छन् । अहिले सीमावर्ती भारतको रक्सौलबाट घरायसी प्रयोजनका लागि समान ल्याउँदा भन्सार नाकामा रहेका भन्सार जाँचकी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी तथा सादा पोसाकमा रहेका घुमुवालाई अतिरिक्त रकम दिनुपर्ने बाध्यता रहेको वीरगन्जवासीको गुनासो छ ।

वि.सं.२०७४ जेठ २३ मंगलवार ०९:३४ मा प्रकाशित

Himalayan Life AD
एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै

एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग ९एनपिएल० को दोस्रो संस्करणको इलिमिनेटर...

रामेछापका जुनार किसानको सक्रियता बढ्यो

रामेछापका जुनार किसानको सक्रियता बढ्यो

मन्थली । पर्याप्त जुनार उत्पादन हुने रामेछापमा अहिले जुनारको बिक्रीमा...

विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की

विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की

काभ्रेपलाञ्चोक । प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालयकी कुलपति सुशीला कार्कीले नेपालका...

कफीखेतीमा जोड दिन पालिकालाई किसानको आग्रह

कफीखेतीमा जोड दिन पालिकालाई किसानको आग्रह

गुल्मी । यहाँ कफीखेतीको विस्तारका लागि स्थानीय पालिकाहरूले सहयोग गर्नुपर्ने...

केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने

केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने

काठमाडौँ । सफ्टवेयर मर्ज गर्न लागिएकाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड...

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय...