back

पत्रकारिता शिक्षण केन्द्रको ६५–यौं वर्षान्त समारोह सम्पन्न

वि.सं.२०७४ जेठ २३ मंगलवार

474 

shares
IME Limited
NTC AD

70-years-journalism-of-russia
विश्व प्रसिद्ध मास्को राजकीय विश्वविद्यालय अन्तरगत पत्रकारिता विभाग संचालनको ७० वर्ष तथा पत्रकारिता संकायको स्थापनाको ६५ वर्ष पूरा भएको सन्दर्भमा मास्कोको केन्द्रमा रहेको ऐतिहासिक भवनमा भव्य समारोह सु–सम्पन्न भएको छ ।  सुरुमै के बताइहालौं भने संसारभर ख्यातिप्राप्त मास्को राजकीय विश्वविद्यालयको स्थापना सन् १७५५ माभएको थियो । त्यसको स्थापनामा अठारौं शताब्दीका विख्यात रूसी विद्वान् मिखाइल लोमानोसोभको अग्रगण्य भूमिका रहेको थियो र सन् १९४० को ७ मेईका दिन विश्वविद्यालयलाई उनैको नामबाट विभूषित गरिएको थियो । आज म नेपाली पाठकवृन्दलाई मेरो अध्ययनस्थल (Alma Mater) को रूपमा रहेको यसे विश्वविद्यालयको पत्रकारिता संकायबारे संक्षेपमा परिचयदिन चाहन्छु ।

मास्को राजकीय विश्वविलालयमा सन् १९४७ को सेप्टेम्बरमा साहित्यशास्त्र संकायअन्तर्गत पत्रकारिताको विषयमा पढाइ शुरु गरिंदा जम्मा २७ जना विद्यार्थीले प्रवेश पाएका थिए भने अहिले ७० वर्षपछि यहाँबाट देश विदेशका २७ हजार व्यक्तिले पत्रकारिताको डिग्री पाइसकेका छन् । तीमध्ये ५ जना नेपाली पनि छन् । मैले सन् १९६६ मा यसै विश्वविद्यालयबाट पत्रकारिता विषयमा स्नातकोत्तरको प्राज्ञिक उपाधि प्राप्त गरेर केहीवर्ष नेपाली साहित्यिक पत्रकारिताको विषयमा विद्यावारिधिका लागि शोधकार्य गर्ने सम्भावना पाएको थिएँ । हामीहरूले त्यहाँ अध्ययन गर्दा कतिपय विषयको पाठ्यपुस्तक समेत थिएन भने हाल अत्याधुनिक शिक्षा–पद्धतिको उपयोग गरिन्छ । मलाई यस पत्रकारिता संकायका प्रथम डीन (संकाय–प्रमुख) एभ्गेनी खुद्याकोभ (सन् १९५२–१९६५) को समेत धमिलो सम्झना छ । जर्मन फाशीवाद विरुद्ध सोभियत जनताको महान् देशभक्तिपूर्ण युद्ध (सन् १९४१–१९४५) मा घाइते भएको हुँदा उनी राम्ररी गोडा चाल्न सक्तैनथे र खोच्याएर हिंड्थे । उनको ठाउँमा सन् १९६५ मा नियुक्ति पाउने संकाय–प्रमुख यासेन निकोलाए भिचजा सुस्र्की हाल पत्रकारिता संकायका मानार्थ अध्यक्ष रहेका छन् । त्यतिखेर विदेशी पत्रकारिता एवं साहित्य विभागका प्रमुख समेत हुनाले उनी देश विदेशको (मुख्यतः अमेरिकी) पत्रकारिता बारे व्याख्यान दिने गर्दथे र मैले उनैको निर्देशनमा स्नातकोत्तरको शोध प्रबन्ध तयार पारेको थिएँ । अहिले पनिउनको कार्यकक्ष त्यही नै छ जहाँ त्यसताका सम्पन्न हुने साप्ताहिक विद्वत् सभामा विद्यावारिधिको शोधछात्रको हैसियतले सधैं मेरो पनि उपस्थिति रहन्थ्यो ।

पत्रकारिता संकायको स्थापनाको ६५–यौं वर्षान्त समारोह २ जून (सन् २०१७) का दिन त्यसै सभाकक्षमा सम्पन्न भयो, जहा विद्यार्थी छँदा म प्रोफेसरहरूको व्याख्यान सुन्दथें । यसपटक भने वयोवृद्ध यासेन निकोलाए भिचव्याख्यानदिन नभई समारोहको प्रमुख व्यक्तित्वको हैसियतले मञ्चमा विशेष सम्मानित स्थानमा आसन ग्रहण गरेर बसेका थिए । उनको आसनको एकातिर उनैको निर्देशनमा पत्रकारिता विषयमामहा विद्यावारिधिको प्राज्ञिक उपाधि हासिल गरी वर्तमान समयमा पत्रकारिता संकायकी प्रमुखको पदमा बहाल रहेकी एलेना भार्तोनोभा बसेकीथिइन् भने अर्कोतिर चाहिं पत्रकारिता संकायकी सचिव बसेकी थिइन् । पाठक वृन्दलाई बताई हालौं, सन् २००७ मा वर्तमान डीन (संकाय–प्रमुख) को नियुक्ति भन्दा पहिले यासेन जासुस्र्की नै ४२ वर्षसम्म बहाल रहेका थिए र नेतृत्वदायी गरिमामय पदमा रहेर रूस (सोभियत संघ) का लागि दक्ष पत्रकारहरू तैयार पार्ने मुख्य शिक्षण केन्द्रको विकासमा लामो समयावधि सम्म सफलतापूर्वक कार्य सम्पादन गरेको परिपेक्ष्यमा उनका लागि मानार्थ अध्यक्ष पद समेत सिर्जना गरेर विशेष सम्मान जनाइएको थियो । रूसको सम्पूर्ण पत्रकार जगत्का लागि अनुकरणीय र सर्वमान्य व्यक्तिलाई गुरुको रूपमा पाएकोले मलाई गर्वको अनुभूति हुनु स्वाभाविकै हो… ।

आधा शताब्दी पहिले जस्तै यस सालपनि २ जूनकादिन सम्पन्न समारोहमा यासेन जासुस्र्कीलाई व्याख्यान कक्षको मञ्चमा देख्न पाउँदा मलाई रूसी भाषाविद् रोजेन्ताल, रूसी साहित्यविद् जापादोभ, आङ्ग्ल साहित्यविद् श्वेदोभ, प्राचीनयूनानी साहित्य विदुषी एलेना कुच्बोस्र्काया प्रभृति रूसका तत्कालीन प्रकाण्ड विद्वान्–विदुषीहरूको पनि अनायासै सम्झना भएर आयो जसले त्यसै मञ्चबाट दिने गरेको व्याख्यान म अक्सर अगाडिकै बेञ्चमा बसेर रूसी भाषामै कापीमा टिप्ने गर्दथें । मेरा सहपाठीहरूले रूसी भाषामा रहेका मेरा गल्तीहरू सुधारिदिने हुँदा म रूसीहरूले भन्ने गरेभैंm ‘आफ्ना गल्तीहरूबाट सिक्ने गर्दथें’ । यसपटक पनि म ल्युदा स्वेत्सोभा, जोया सेम्योनोभा, तोन्या रिझोभा, भल्योदा गानि पोल्स्की, भालेरी भासिलेभ्स्की, नाताशा घाट्टास प्रभृति आफ्ना तत्कालीन केही सहपाठीहरूकै अगल बगलमा रहेको थिएँ ।

माइकबाट समारोहको प्रारम्भबारे उद्घोषणा हुनासाथै मञ्चअगिल्तिर उभिएका युवतीहरूको समूहले विश्वविद्यालयको सामूहिक गान प्रस्तुत गर्न थाल्यो र सभामा उपस्थित सबैले उभिएर समवेत स्वरमा गाउन थाले । पत्रकारिता संकायका एक जोडी छात्रछात्राले समारोहको संचालन आरम्भ गरेपश्चात् संकाय–प्रमुख एलेना भार्तोनोभाले सेन्ट–पिटर्सबर्गमा सम्पन्न भइरहेको विश्वआर्थिक सम्मेलनमा भाग लिन गएका मास्को राजकीय विश्वविद्यालयका कुलपति भिक्टर सादोब्निचीबाट समारोहको नाममा भिडियो सन्देश प्राप्त भएको जानकारी दिने बित्तिकै भित्तामा रहेको ठूलो टेलिभिजन पर्दामा कुलपतिको सन्देश गुञ्जियो । गतः ५० वर्षभन्दा बढी समयदेखि पत्रकारिता संकायमा कार्यरत रही अतुलनीय योगदान पु¥याएबापत् मानार्थ अध्यक्ष यास्सेन जासुस्र्कीलाई प्रशंसापत्र प्रदान गरिएको घोषणा गरिने बित्तिकै सबैले उठेर करतल ध्वनिका साथ समर्थन गर्नुका साथै विद्यार्थीहरूले पत्रकारिता संकायका लब्ध प्रतिष्ठ अध्यक्षलाई पूmलका गुच्छाहरूले सम्मान प्रदर्शन गरे । संकाय–प्रमुख एलेना भार्तानोभाले सम्मानपत्र हस्तान्तरण गरेर आफ्नो मन्तव्य जारी राख्दै अगाडि थपिन् ।

‘…हाल रूसमा पत्रकारिता विषयको प्रमुख केन्द्रको रूपमा रहेको पत्रकारिता संकायमा ४१ जना महाविद्यावारिधि प्राज्ञिक उपाधि प्राप्त प्रोफेसर र १०० जनाप्राध्यापकएवं वैज्ञानिक कार्यकर्ताहरू क्रियाशील छन् । यस संकाय अन्तर्गत रूसी भाषाशैली, सावधिक पत्रपत्रिका, टेलिभिजन तथा रेडियो प्रसारण, आम संचार माध्यमको सिद्धाँत तथा अर्थतन्त्र, रुसी साहित्य तथा पत्रकारिता, विदेशी साहित्य तथा पत्रकारिता, आम सञ्चार माध्यमको इतिहास र व्यवस्थापन, कला र साहित्यको समालोचना, नयाँ मेडिया र संचारको सिद्धान्त, सम्पादन तथा प्रकाशन कार्य तथा सूचना सम्प्रेषण, विज्ञापन तथा सामाजिक सम्पर्क, आम संचार माध्यमको समाजशास्त्र, फोटो पत्रकारितातथा सञ्चार प्रविधि विषयक १३ विभागहरू क्रियाशील रहेका छन् । सन् २१०६ मामास्को राजकीय विश्वविद्यालय अन्तर्गतको पत्रकारिता संकायले विषयगत रूपमा विश्वकै उत्कृष्ट (QS World University Rankings by Subject) भन्ने मान्यताप्राप्त गरेको छ…’

पत्रकारिता संकायकी प्रमुखको मन्तव्य सुनिरहँदा म चाहिं अतीतमा आफ्नै विद्यार्थी जीवन बारे सोच्न पुगेको थिएँ । त्यतिखेर पत्रकारिता संकायअन्तर्गत मुख्य तीन विभाग मात्र थिए ः पत्रपत्रिका, रेडियो तथा टेलिभिजन । पत्रकारिता संकायमा प्रवेश गर्नुभन्दा पहिले ढोकैमामलाई युवा छात्रछात्राहरूले ‘६५ वर्ष. मा.रा.वि. पत्रकारिता संकाय’ अंकित रिबन र त्यसमा उनेर कलरमा भिर्ने कलमको निब अंकित ब्याच दिएर स्वागत गरे भने माथि दोस्रो तलामाउक्लने भव्य सिंढीहरूको मुखैमा उभिएका युवा विद्यार्थीहरूले समारोहको उपलक्ष्यामा प्रकाशित ‘पत्रकार’ (‘जुर्नालिस्त’) पत्रिकाको विशेषाङ्क (नं. १६९६) हस्तान्तरण गरे (यसै पत्रिकामा सन् १९६१ तिर रूसी भाषामा मेरो पहिलो टिप्पणी छापिएको थियो) । सभाकक्षमा पस्नासाथ ‘रेडियो’ अंकित बिल्ला लगाइराख्ने एक जोडी युवा छात्रछात्रालाई देख्दाभावी रेडिया–पत्रकार होलान् भन्ने अनुमान लगाएर सोधें । उनीहरूले तत्कालै डिक्टाफोन झिकेर अन्तरवार्ता लिने तरखर गर्दा मलाई आपूm विध्यार्थी छँदा दुइृ धार्नी गह्रौं ठूलो यन्त्रबोकेर मात्र कसैको अन्तरवार्ता लिन सकिने समयको र रेडियो मास्कोबाट नेपाली भाषामा प्रसारण संचालकको काम गर्दागर्दै संचार–प्रविधिले द्रुतगतिले फड्को मारेको सम्झना भयो ।

भविष्यमा रेडियो पत्रकारितामा संलग्नहुने युवा छात्रछात्राको फोत्रय समेत लिएर छोटो अन्तवार्ता दिंदै मैले यस संकायबाट स्नातक बनेका नीलाम्बर आचार्यले नेपाल सरकारको मन्त्री पदभार सम्हालेको र हालै काठमाडौंमा रूस (सोभियत संघ) बाट स्नातक बनेकाहरूको संगठन ‘मित्रकुञ्ज’ को स्थापनाको अर्धशताब्दी महोत्सव भव्यताका साथ मनाइएको सूचितगर्दै पत्रकारिता संकायको ६५–यौं वर्षान्त समारोहको उपलक्ष्यमा विश्वमै उत्कृष्ट मानिएको यस शिक्षण केन्द्रको उन्नतिका साथै यस संकायसित सम्बन्धित सबैलाई उत्तरोत्तर प्रगति र भावी पत्रकारहरूलाई सिर्जनात्मक क्रियाकलापमा सफलताको शुभेच्छा व्यक्त गरेको थिएँ…
दिनाङ्क ः ५ जून २०१७,
मास्को, रूस महासंघ ।

वि.सं.२०७४ जेठ २३ मंगलवार ०९:५५ मा प्रकाशित

अमेरिकामा नेपाली परिवारका चारजना मृत भेटिए

अमेरिकामा नेपाली परिवारका चारजना मृत भेटिए

अमेरिका । अमेरिकाको भर्जिनिया राज्यस्थित मनासस पार्क शहरमा एक नेपाली...

नेपाली जनप्रगतिशील मञ्च बेल्जियमको अध्यक्षमा मनिष गुरुङ

नेपाली जनप्रगतिशील मञ्च बेल्जियमको अध्यक्षमा मनिष गुरुङ

इन्दिरा चाम्लिङ, बेल्जियम । नेपाली जनप्रगतिशील मञ्चको अध्यक्षमा मनिष गुरुङ...

‘अफगानिस्तानको आगो’ लोकार्पण

‘अफगानिस्तानको आगो’ लोकार्पण

पोर्चुगल । अनेसास पोर्चुगलको आयोजनामा रामप्रसाद पन्त (आरपी) द्वारा लिखित...

क्यानडामा ’जातीय विभेदमुक्त विश्वका लागि विश्व सम्मेलन’ सम्पन्न

क्यानडामा ’जातीय विभेदमुक्त विश्वका लागि विश्व सम्मेलन’ सम्पन्न

टोरन्टो । ’जातीय विभेद मुक्त विश्वका लागि विश्व सम्मेलन २०२५’...

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष घिमीरेलाई विशेष सम्मान

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष घिमीरेलाई विशेष सम्मान

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमीरेलाई विशेष सम्मान प्राप्त भएको...