काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ ।
आइतबार बसेको १७औँ नगरसभाको पहिलो बैठकमा उपप्रमुख सुनिता डंगोलले बजेट सार्वजनिक गरेकी हुन् ।
२५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ सञ्चित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुनेगरी सो रकमको अनुमानित बजेट सार्वजनिक गरिएको हो ।
वि.सं.२०८२ असार २९ आइतवार १७:०२ मा प्रकाशित




























