back

पतिको स्मृतिमा वृद्धाश्रम निर्माण गरिन् राधाले

वि.सं.२०७४ जेठ २४ बुधवार

645 

shares
GLOBAL IME AD
NTC AD

२४ जेठ, इलाम। इलामको गोदकस्थित माईभगवती वृद्धाश्रम परिसरमा नवनिर्मित आवास भवनको उद्घाटन गरिएको छ ।

आफ्ना स्वर्गीय पति मेजर दिलीप राईको स्मृतिमा पत्नी राधा राईले वृद्धाश्रममा वृद्धवृद्धालाई सहयोग पुगोस् भनेर रु चार लाख नगद प्रदान गर्नुभएको रकममा अन्य स्रोतबाट पनि थप गरेर रु छ लाख ९० हजारको लागतमा तीनकोठे एकतले भवन निर्माण गरिएको वृद्धाश्रम प्रबन्ध समितिका सचिव धर्म गौतमले जानकारी दिनुभयो ।

वृद्धाश्रमको मुख्य प्रवेशद्वार छेउमै रहेको सो आवास भवन वृद्धाश्रममा रहेको शिवमन्दिरका पुजारीको आवासका रूपमा प्रयोग हुने कुरा प्रबन्ध समितिले जनाएको छ ।

वृद्धाश्रम परिसरमा बालउद्यान लगायतका पूर्वाधार निर्माण गरिने विष्णु दहालले जानकारी दिनुभयो । हाल आश्रममा तीन आवासीय भवन, एक भान्साघर, एक मन्दिर रहेको छ । वृद्धाश्रममा १३ जना वृद्धवृद्धा बस्दै आएका छन् ।

वि.सं.२०७४ जेठ २४ बुधवार ०३:५५ मा प्रकाशित

सुन्तलाको जुस बनाएर अतिरिक्त आम्दानी गर्दै तिलिजा दम्पती

सुन्तलाको जुस बनाएर अतिरिक्त आम्दानी गर्दै तिलिजा दम्पती

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ घरापका किसानले बिक्री नहुने साना...

करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु

गोरखा । जिल्लाको आरुघाट गाउँपालिका–६ स्थित कल्लेरीका २७ वर्षीय हरि...

बिमा संस्थाको आन्तरिक नियमन र सुशासन बलियो बनाउन आवश्यक छ : अध्यक्ष ओझा

बिमा संस्थाको आन्तरिक नियमन र सुशासन बलियो बनाउन आवश्यक छ : अध्यक्ष ओझा

काठमाडौँ । नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बिमा क्षेत्रमा...

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रविधिको प्रयोगबाट...

घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । गत शुक्रबारको तुलनामा सुनचाँदीको मूल्यमा आज सामान्य थपघट...

अन्न नउब्जने भिरालोमा ‘वनतरुल’ खेती

अन्न नउब्जने भिरालोमा ‘वनतरुल’ खेती

फिक्कल (इलाम) । अन्न उब्जनी नहुने माङसेबुङ गाउँपालिका–६ स्थित हात्तीढुङ्गेको...