back

पतिको स्मृतिमा वृद्धाश्रम निर्माण गरिन् राधाले

वि.सं.२०७४ जेठ २४ बुधवार

873 

shares

२४ जेठ, इलाम। इलामको गोदकस्थित माईभगवती वृद्धाश्रम परिसरमा नवनिर्मित आवास भवनको उद्घाटन गरिएको छ ।

आफ्ना स्वर्गीय पति मेजर दिलीप राईको स्मृतिमा पत्नी राधा राईले वृद्धाश्रममा वृद्धवृद्धालाई सहयोग पुगोस् भनेर रु चार लाख नगद प्रदान गर्नुभएको रकममा अन्य स्रोतबाट पनि थप गरेर रु छ लाख ९० हजारको लागतमा तीनकोठे एकतले भवन निर्माण गरिएको वृद्धाश्रम प्रबन्ध समितिका सचिव धर्म गौतमले जानकारी दिनुभयो ।

वृद्धाश्रमको मुख्य प्रवेशद्वार छेउमै रहेको सो आवास भवन वृद्धाश्रममा रहेको शिवमन्दिरका पुजारीको आवासका रूपमा प्रयोग हुने कुरा प्रबन्ध समितिले जनाएको छ ।

वृद्धाश्रम परिसरमा बालउद्यान लगायतका पूर्वाधार निर्माण गरिने विष्णु दहालले जानकारी दिनुभयो । हाल आश्रममा तीन आवासीय भवन, एक भान्साघर, एक मन्दिर रहेको छ । वृद्धाश्रममा १३ जना वृद्धवृद्धा बस्दै आएका छन् ।

वि.सं.२०७४ जेठ २४ बुधवार ०३:५५ मा प्रकाशित

Himalayan Life AD
गल्याङ काव्य उत्सव– २०८२ सम्पन्न

गल्याङ काव्य उत्सव– २०८२ सम्पन्न

गल्याङ, स्याङ्जा । नेपाली साहित्यिक जगतका नाट्यसम्राट बालकृष्ण समको १२४...

गुल्मी-२ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती, यी हुन् प्रतिश्प्रधी अनुहार

गुल्मी-२ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती, यी हुन् प्रतिश्प्रधी अनुहार

तम्घास । गुल्मी क्षेत्र नं २ मा आगामी प्रतिनिधिसभा सदस्य...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध पहिला बलिङ गर्दै नेपाल

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध पहिला बलिङ गर्दै नेपाल

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो...

काठमाडौँको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौँको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको...

प्रधानमन्त्रीद्वारा खेलाडीलाई विजयको शुभकामना

प्रधानमन्त्रीद्वारा खेलाडीलाई विजयको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली क्रिकेट टोलीका खेलाडीलाई आज...

धनुषाका ८४ प्रतिशत किशोरीलाई पाठेघर क्यान्सर रोगको विरुद्ध खोप लगाइयो

धनुषाका ८४ प्रतिशत किशोरीलाई पाठेघर क्यान्सर रोगको विरुद्ध खोप लगाइयो

जनकपुरधाम । धनुषा जिल्लामा ८४ प्रतिशत किशोरीलाई पाठेघरकोे मुखको क्यान्सर...