back

बरिष्ठ गायक सम्भु राईले पोर्चुगलवासीलाई साकेलामा नचाए (तस्बिरसहित)

वि.सं.२०७४ जेठ २४ बुधवार

936 

shares

portugal4
वाई वि तमू,लिस्वन पोर्चुगल । बरिष्ठ गायक तथा संगीतकार शम्भू राईको बिशेष उपस्थितिमा पोर्चुगलको राजधानी लिस्वनमा साकेला (उभौली)चाड भब्य रुपमा मनाईयो ।

किरात समाज पोर्चुगलले आयोजना गरेको साकेला (उभौली)चाडमा बिशेष अतिथिका रुपमा आएका गाएक राईले ” चलेछ बतास सुस्तरी मनै सरर …… चिठ्ठी तिमीलाई लेखु भन्छु …..आलु दम चाना ….. ” लगायतका दर्जन भन्दा बढि कर्णप्रिय गीतमार्फत दर्शकहरुलाई भरुपुर मनोरंजन दिएका थिए ।

portugal3
साकेला(उभौली)चाडको पहिलो शत्रमा औपचारिक कार्यक्रमका प्रमुख अतिथिका रुपमा नेपालबाट आएका आदिवासी जनजाती महासंघका पुर्व महासचिव,आदिवासी अभियन्ता तथा नयाँ शक्ति पार्टीका नेता परशुराम तामाङ हुनुहुन्थ्यो भने बिशेष अतिथिका रुपमा बरिष्ठ गायक तथा संगीतकार शम्भू राई,पोर्चुगलका लागि मानार्थ पर्यटनदूत रमेश कुमार गुरुङ तथा गैह्र आवासिय नेपाली संघ,पोर्चुगलका अध्यक्ष भिम केसी कमल रहेका थिए भने पोर्चुगल स्थित सकृय बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु लगायत किरात समाजका सदस्यहरु लगायत अन्य नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

portugal2
साकेला सिलीमा रमेका अनुहारहरु : कार्यक्रमको सभापतित्व किरात समाज पोर्चुगलका अध्यक्ष तथा नेपाली संघिय समाजवादी फोरम,पोर्चुगलका अध्यक्ष गणेश याख्खाले गरेका थिए भने कार्यक्रम संचालन राज राईले गरेका थिए । कार्यक्रममा विधिवत भूमि पूजा गरिएको थियो भने साकेला सिलीका “सिलीमोपा” यक्ष प्रकाश राई , राज राई र ” सिलीमोमा ” बुना साम्पाङ -चाम्लिङ राई र श्रेया चाम्लिङ राई , कला कोयू लाई प्रमुख आतिथ तथा विशेष अतिथिहरुबाट फेटा,तथा झ्याम्टा,ढोल प्रदान गरि विधिवत साकेला नाचको सुभारम्भ गरिएको थियो । साकेला सिलीमा युवा -युवतीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

portugal1
उपस्थित अतिथि,बिशेष अतिथि लगायत बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुले साकेला(उभौली)को सुभकामना दिएका थिए भने प्रमुख अतिथिहरुलाई सस्थाको तर्फबाट किरात राई यलम्बरहाङ प्रतिक किरात मुकुटको रूपमा प्रयोग हुने सेतो फेटा लगाई सम्मान गरिएको थियो । कार्यक्रमको दोस्रो चरणमा बरिष्ठ गायक शम्भू राईद्वारा कर्णप्रिय गीत मार्फत मनोरंजन प्रदान गरिएको थियो । कार्यक्रम राजधानी लिस्वन स्थित रहेको बेलाभिस्टा पार्कमा भएको थियो ।

वि.सं.२०७४ जेठ २४ बुधवार ०४:११ मा प्रकाशित

Himalayan Life AD
अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...