Logo
२ माघ २०७८, आईतवार
     Sun Jan 16 2022
E-paper
  English Edition
   Unicode
Logo

प्रजिअ र प्रहरी प्रमुखलाई गाँउमा भव्य स्वागत



२४ जेठ, लमजुङ (बेसीसहर) । लमजुङको पर्यटकीय गाउँ सिउरुङमा पहिलोपटक प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख पुगेको भन्दै स्थानीयवासीले भव्य स्वागत गरेका छन् । उत्तरी लमजुङको पर्यटकीय गाउँ सिउरुङमा पुगेका प्रजिअ र प्रहरी नायब उपरीक्षकसहितको टोलीलाई स्थानीयवासीले भव्य स्वागत सम्मान गरेका हुन् ।

जिल्ला समन्वय समिति, लमजुङले आयोजना गरेको होमस्टेसम्बन्धी कार्यशालामा सहभागी हुन शुक्रबार पहिलोपटक प्रजिअ युवराज मैनाली र प्रनाउ समीरचन्द्र खरेल सहितको टोली सिउरुङ पुगेको थियो ।

गाउँमा प्रजिअ आएपछि स्वागतका लागि वृद्धवृद्धा पनि निकै उत्साहित देखिएका थिए । “गाउँमा कति पाहुना आए, कति देशका पाहुना आए, तर जिल्लाका सिडियो साप आएको पहिलो पटक हो”, स्थानीयवासी ८२ वर्षीया तार्खु घलेले भन्नुभयो, “हामीले जिल्लाका हाकिमलाई गाउँमा देखेको पहिलो पटक हो ।”

सिउरुङ पुग्नका लागि सदरमुकाम बेँसीसहरबाट हिँडेर पहिले ६ घन्टा लाग्ने गर्दथ्यो तर अहिले मोटरबाट दुई घन्टामा पुग्न सकिन्छ । भौगोलिक विकटताका कारण जिल्लाका हाकिमले प्राथमिकता नदिएको स्थानीयवासीको गुनासो थियो ।

सिउरुङमा दैनिक ३० जनाको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् । प्रत्येक वर्ष पर्यटन प्रवद्र्धनका लागि गाउँमा महोत्सवसमेत हुने गरेको छ । तर पनि जिल्लाका हाकिम भने अहिलेसम्म गाउँ नआएको पर्यटन विकास समितिका सचिव उमरबहादुर गुरुङले बताउनुभयो ।

सिउरुङलाई २०६२ सालदेखि पर्यटकीय गाउँ बनाउने अभियानमा गाउँले लागेका हुन् । गाउँमा पुगेका पाहुनालाई सामूहिक पाहुनाघरमा राखेर सत्कार गर्नाका साथै घाँटु, रोधी लगायतका परम्परागत नृत्य प्रस्तुत गरी सम्मान गरिएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक

लालबहादुर ढेंगा, दुबई, युएई । राहदानी बिभागले हाल बिद्युतीय राहदानी (भ(एबककउयचत) जारी गर्ने कार्यको

काठमाडौं । विभिन्न चार बैंकबाट ८० करोड रुपैयाँ ऋण निकालेर मदिरा व्यवसायी गरेको एक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक ऋषि कट्टेललाई पार्टीको केन्द्रीय सचिवालयको बैठकले

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्र चर्को लफडा शुरु भएको छ । नेकपा निकट एक