back
CTIZAN AD

आजको राशिफल : तपाइको दिन कस्तो छ हेर्नुहोस्

वि.सं.२०८२ साउन २९ बिहीवार

1.6K 

shares

मेष –चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सुरुमा खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। चुनौतीपूर्ण काममा हात हाल्न केही समय पर्खनुहोला। छर–छिमेकमा असमझदारी बढ्ने योग देखिए पनि मध्याह्नपछि स्थितिमा सुधार आउनेछ। चिताएका काममा शुभचिन्तकहरूले साथ दिनेछन्। टाढाका साथीभाइको निम्तो प्राप्त हुन सक्छ। पारिवारिक भेटघाटले खुसियाली छाउनेछ।

वृष –इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। दिउँसोदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। सोखले खर्च बढाउनेछ। प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्नेछ।

मिथुन –का, कि, कु, घ, ङ, छ, के, को, ह
मिहिनेत परे पनि सोचेको नतिजा हातलागी नहुन सक्छ। परिबन्धले काममा बाधा पुर्याउन सक्छ। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ। व्यापार बढ्नेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि मनग्य लाभ मिल्नेछ। उठ्नुपर्ने रकम हातलागी हुन सक्छ। सञ्चित रकमको उपयोगले लाभ मिल्नेछ।

कर्कट –हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पेसा–व्यवसायमा लाभ हुनेछ। हिम्मतले काम बनाउन सकिनेछ। मध्याह्नपछि अरूको साथ जुट्नेछ। प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने जिम्मेवारी हात पार्ने मौका छ। कीर्तिमानी काम गर्ने समय छ।

सिंह –मा, मि, मु, मे, मो, टा, टि, टु, टे
स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला। जिम्मेवारी भने बढिरहनेछन्। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। तापनि मध्याह्नदेखि समुदायको हितमा केही काम गर्न सकिनेछ। गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। धनलाभ हुनेछ।

कन्या –टो, प, पि, पु, ष, ण, ठ, पे, पो
बिहानको समय रमाइलो तथा कामका लागि अनुकूल रहनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मनपर्ने भौतिक साधन जुट्नेछ। मध्याह्नदेखि स्थिति प्रतिकूल बन्नाले काममा समय दिन नसकिएला। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। स्वास्थ्य–उपचारमा खर्च हुने योग छ। सानातिना समस्यामै अल्झनुपर्ला। अर्थ अभावले पनि सताउन सक्छ।

तुला –र, रि, रु, रे, रो, ता, ति, तु, ते
समयमा काम नगर्ने बानीले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। मध्याह्नदेखि स्थितिमा सुधार आउनेछ। व्यापार बढ्नेछ। रमाइलो जमघटमा सहभागी भइनेछ। प्रियजनसँग भेटघाट हुनेछ भने अतिथिका रूपमा सम्मान प्राप्त होला। पेसा–व्यवसायमा पनि मनग्य फाइदा उठाउन सकिनेछ।

वृश्चिक –तो, ना, नि, नु, ने, नो, या, यि, यु
कामका लागि बिहानको समय अनुकूल रहनेछ भने परिस्थिति पनि रमाइलो हुनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। मध्याह्नपछि नयाँ कामतर्फ अग्रसर भइनेछ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। पहिले ईष्र्या गर्नेहरूले सहयोग गर्न थाल्नेछन्। थोरै लाभ भए पनि दिगो काम प्रारम्भ हुनेछ।

धनु –ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आँटले काम लिन नसक्दा पछि परिनेछ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। पहिलेका समस्या दोहोरिन सक्छन्। मध्याह्नपछि स्थितिमा सुधार आउनाले सजिलै लक्ष्य प्राप्ति होला। बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। रचनात्मक कार्यमा जुट्दा मनग्य फाइदा उठाउन सकिनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ।

मकर –भो, ज, जि, खि, खु, खे, खो, गा, गि
गलत व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन्। नतिजा कमजोर देखिनाले कुनै काम दोहोर्याउनुपर्ला। मध्याह्नदेखि भूमि तथा पशुधनबाट सामान्य लाभ मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू पनि भेटिनेछन्। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला।

कुम्भ –गु, गे, गो, सा, सि, सु, से, सो, द
मान–सम्मान पाइने समय छ। बोलीको भरमा चिताएको काम बन्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। दिउँसोदेखि नयाँ काम प्रारम्भ होला। पेसा व्यवसायमा पनि लाभ हुनेछ।अध्ययन र व्यापारमा प्रगति हुनेछ। व्यक्तित्वमा निखारता आउनेछ। नाम, दाम र इनाम हातलागी हुनेछ।

मीन –दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रयास गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। हिम्मतले काम बनाउन सकिनेछ। ईष्र्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। सानो प्रयत्नले ठूलो फाइदा हुनेछ। दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। उपलब्धिले थप उत्साह जगाउनेछ। बोलीको भरमा काम सम्पादन हुन सक्छ। तार्किक क्षमताले मानसम्मान र फाइदा दिलाउनेछ।

२०८२ साउन २९ गते बिहीवार, १४ अगस्ट
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

वि.सं.२०८२ साउन २९ बिहीवार ०६:५२ मा प्रकाशित

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

काठमाडौँ । स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले...

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

काभ्रेपलाञ्चोक । सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न...

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

अतिक्रमित संरचना हटाइयो

अतिक्रमित संरचना हटाइयो

गण्डकी । सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाइएपछि पोखरा...

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह(बालेन)को नेतृत्वमा रहेको वर्तमान मन्त्रिपरिषद् आज...