Logo
६ माघ २०७८, बिहीबार
     Thu Jan 20 2022
E-paper
  English Edition
   Unicode
Logo

एनआरएनए फिनल्याण्डको अध्यक्षमा गौतम



nrna-finlandगैरआवासीय नेपाली संघ (एनआरएनए) फिनल्याण्डको अध्यक्षमा बसन्त गौतम सर्वसम्मत भएका छन् ।
फिनल्याण्डको हेलसिन्कीमा हालै सम्पन्न भएको संघको पाँचौ अधिबेशनले २ वर्षे कार्यकालका लागि गौतमलाई सर्वसम्मत गर्दै उपाध्यक्षद्धयमा श्रवण खनाल, बिनिता लामिछाने, महासचिवमा प्रतिष्ठा मिश्र, सचिवमा गोकर्ण खरेल, कोषाध्यक्षमा टेकेन्द्र तिम्सिना महिला संयोजकमा ममता थकाली, युवा संयोजकमा नारायण थापामगरलाई चयन गरेको छ भने सदस्यहरुमा गोपाल अर्याल, सुरेन्द्र अधिकारी, चिरञ्जीवी चापागाईं ,अर्मन क्षेत्री,जानकी प्रसाद कोईराला, सान्तोष पन्त र प्रज्वल अर्याल रहेका छन् ।
साथै सोहि अधिबेशनले पूर्वअध्यक्ष बालकृष्ण श्रेष्ठलाई अन्तराष्ट्रिय समन्वय परिषद सदस्यमा प्रस्तावित समेत गरेको छ ।
अन्तराष्ट्रिय समन्वय समितिका सदस्य देविदत्त शर्मा पर्यवेक्षक रहेको उक्त अधिवेशनमा संघका संस्थापक अध्यक्ष तथा निर्वाचन समितिका संयोजक डा.शम्भु प्रसाद शाहले नयाँ कार्यसमितिको घोषणा गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

५ माघ, काठमाडौँ । होबार्ट हरिकेन्स विरुद्ध मेलबर्न स्टार्सका कप्तान ग्लेन म्याक्सवेलले १५४ रनको

काठमाडौं । सरकारी सेवाका २२ वर्षमा एक उपसचिवले निकै तरक्की गरेको समाचार सार्वजनिक भएको

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक