back
CTIZAN AD

सीप सिकेर व्यवसाय थाल्दै मुक्तकमैया

वि.सं.२०७४ जेठ २५ बिहीवार

828 

shares

२५ जेठ, धनगढी। पक्की घरमा बस्न पाइएला भनेर मुक्तकमैया सुन्दरी चौधरीले कहिल्यै सोच्नुभएको थिएन । तर कमैया मुक्तिपछि उहाँको परिवार अहिले पक्की घर बनाउने हैसियतमा पुगेको छ ।

सुन्दरीका श्रीमान् नरेश डकर्मी काम गर्नुहुन्छ । सुन्दरीले आफ्ना श्रीमान्को कामलाई सघाउँदै आउनुभएको छ । आफैँसँग घर निर्माणको सीप भएकाले कम लागतमा घर निर्माण गर्न सक्नेमा उहाँ आशावादी हुनुहुन्छ ।

“डकर्मीको काम भ्याइनभ्याई छ,” चौधरीले भन्नुभयो । आर्थिक अवस्था कमजोर भएकै कारण विगतमा छोराछोरीलाई विद्यालय पठाउन नसकेपनि अहिले उहाँले चार छोराछोरीलाई विद्यालय भर्ना गर्नुभएको छ ।

कैलालीको चौमालाका एक जना साहुमहाजनको घरमा कमैयाको रुपमा काम गरेका सुन्दरीको परिवार मुक्तिपछि धनगढीको पुरानो हवाई मैदानमा अन्य मुक्तकमैया परिवारसँगै कच्ची घरमा बस्दै आएको छ । पुरानो हवाई मैदानमा बसेका मुक्तकमैया परिवारलाई प्रतिपरिवार पाँच धुर जग्गा उपलब्ध गराउन पहल थालेको छ । जग्गाको पुर्जा नपाउँदै कतिपय मुक्तकमैया परिवारले पक्की घर निर्माण थालेका छन् । यहाँ करिब ५० मुक्तकमैया परिवारको बसोबास छ ।

आर्थिक अवस्था कमजोर रहेका मुक्तकमैयाले पछिल्लो पटक स्वरोजगारमूलक व्यवसायबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । त्यही कमाइबाट उनीहरुको जीवनमा ठूलो परिवर्तन आएको छ ।

मुक्तकमैया गोपाल चौधरी विद्युतीय रिक्सा चलाउनुहुन्छ । उहाँले रु चार लाखमा रिक्सा खरिद गर्नुभएको हो । “मासिक किस्ता तिर्न र घर खर्चको जोहो गर्न पुगेको छ,” उहाँले भन्नुभयो । चौधरीले पक्की घर निर्माणको कार्य अगाडी बढाउनुभएको छ ।

जिल्ला भूमिसुधार कार्यालयका प्रमुख लक्ष्मण कठायतले हालसम्म झन्डै चार हजार मुक्तकमैयालाई विभिन्न सीपमूलक र आयमूलक तालिम प्रदान गरिएको बताउनुभयो । करिब ७० प्रतिशतले आफ्नो सीपको सदुपयोग गरेको उहाँको भनाइ छ । मुक्तकमैयाले सिकर्मी, डकर्मी, सिलाइकटाइ, बङ्गुरपालन, कुखुरापालन, तरकारीखेतीलगायत विषयमा तालिम लिएका छन् ।

मुक्तकमैया पुनःस्थापना जिल्ला समितिका सदस्य सचिवसमेत रहनुभएका कठायतले पुनःस्थापित भएका मुक्तकमैयालाई घर बनाउन चाहिने काठबापत प्रतिपरिवार रु एक लाख उपलब्ध गराएको बताउनुभयो । जिल्लामा पहिचान भएका आठ हजार ९०० मुक्तकमैया परिवारमध्ये अधिकांशलाई पुनःस्थापित गरिएको छ । झन्डै ६०० परिवारलाई पुनःस्थापित गराउन बाँकी छ ।

वि.सं.२०७४ जेठ २५ बिहीवार ११:१० मा प्रकाशित

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

काठमाडौँ । स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले...

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

काभ्रेपलाञ्चोक । सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न...

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

अतिक्रमित संरचना हटाइयो

अतिक्रमित संरचना हटाइयो

गण्डकी । सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाइएपछि पोखरा...

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह(बालेन)को नेतृत्वमा रहेको वर्तमान मन्त्रिपरिषद् आज...