Logo
५ माघ २०७८, बुधबार
     Wed Jan 19 2022
E-paper
  English Edition
   Unicode
Logo

काठमाडौँमा नेपाल बङ्गलादेश युवा सम्मेलन



२५ जेठ, काठमाडौँ  । नेपाल बङ्गलादेश युवा सम्मेलन यही जेठ २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने भएको छ ।

साउथ एसिया पार्टनसीप नेपाल (साप नेपाल) तथा बङ्गलादेश स्टुडेन्ट एण्ड युथ फोरम फर टुरिजम डेभलपमेन्टको सहकार्यमा पर्यटन बोर्डको सभाहलमा हुने सो सम्मेलनमा दुई देशबीचको व्यापार अभिवृद्धि तथा शिक्षालगायत विषयमा छलफल गरिनेछ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा साप नेपालका अध्यक्ष नरेन्द्र जोशीले दुई देशका युवाबीचको सम्बन्धलाई सुदृढ पारी दुबै देशको सम्बन्धमा नयाँ आयाम थप्ने लक्ष्य राखिएको जानकारी दिनुभयो ।

चेल्सी इन्टरनेसनल एकेडमीका अध्यक्ष आनन्द आदित्यले दक्षिण एसियाको समग्र विकास एवम् आर्थिक समृद्धि, पर्यटन विकास, महिला सशक्तिकरण वातावरण संरक्षणका क्षेत्रमा समेत सम्मेलनमा छलफल हुने बताउनुभयो ।

दुवै देशबाट १८ वर्षदेखि ४० वर्षसम्मका ४०÷४० युवाको प्रतिनिधित्व हुने उक्त सम्मेलनमा जलवायु परिवर्तन तथा युवा सशक्तीकरणलगायत विषयमा अनुभव आदान प्रदान गरिने छ । नेपालको सन् १९७२ मा बङ्गलादेशसँग कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सरकारी सेवाका २२ वर्षमा एक उपसचिवले निकै तरक्की गरेको समाचार सार्वजनिक भएको

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक

काठमाडौं । विभिन्न चार बैंकबाट ८० करोड रुपैयाँ ऋण निकालेर मदिरा व्यवसायी गरेको एक