back

बजेट साठी अर्ब बचतमा

वि.सं.२०७४ जेठ २५ बिहीवार

666 

shares

money

२५ जेठ, काठमाडौँ  । चालु आर्थिक वर्षको दश महिनासम्ममा नगद प्रवाहमा आधारित बजेट रु ५९ अर्ब ९१ करोड बचतमा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको मुलुकको पछिल्लो आर्थिक अवस्थासम्बन्धी प्रतिवेदनअनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत रु ६४ अर्ब ८२ करोड रहेको थियो । समीक्षा अवधिमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च ४३ दशमलव ७ प्रतिशतले वृद्धि भई रु चार खर्ब ७८ अर्ब ६३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च ८ प्रतिशतले बढेर रु तीन खर्ब ३३ अर्ब १४ करोड पुगेको थियो ।

समीक्षा अवधिमा चालू खर्च ४३ दशमलव २ प्रतिशतले बढेर रु तीन खर्ब ४४ अर्ब ९९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु दुई खर्ब ४० अर्ब ९९ करोड रहेको थियो । समीक्षा अवधिमा पूँजीगत खर्च रु ९० अर्ब २४ करोड भएको छ । अघिल्लो वर्ष यस्तो खर्च रु ४२ अर्ब ९९ करोड भएको थियो ।

समीक्षा अवधिमा सरकारको कुल राजस्व सङ्कलन ३२ दशमलव ६ प्रतिशतले वृद्धि भई रु चार खर्ब ६४ अर्ब ४२ करोडमा पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्व ११ दशमलव ९ प्रतिशतले वृद्धि भई रु तीन ५० अर्ब २७ करोड पुगेको थियो ।

मूल्य अभिवृद्धि कर, भन्सार, आय कर, अन्तःशुल्कलगायत शीर्षकमा राजस्व उच्च दरमा बढेकाले सरकारको कुल राजस्व सङ्कलनको वृद्धिदर उच्च रहन गएको हो । स्रोत परिचालनको तुलनामा सरकारी खर्च न्यून भएकाले विसं २०७३ बैशाख मसान्तसम्ममा सरकारको राष्ट्र बैंकमा रु दुई खर्ब ६२ अर्ब ३५ करोड नगद मौज्दात कायम रहेको छ । समीक्षा अवधिमा विस्तृत मुद्राप्रदाय १० दशमलव ४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय १२ दशमलव ३ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप ९ दशमलव ३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ११ दशमलव ९ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७४ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १६ दशमलव ६ प्रतिशतले बढेको छ ।

उत्पादनशील क्षेत्रतर्पm लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने उद्देश्यले यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ । समीक्षा अवधिमा साधारण पुनरकर्जा रु १२ अर्ब आठ करोड ८० लाख र निर्यात कर्जा रु ७२ करोड ६० लाख गरी कुल रु १२ अर्ब ८१ करोड ४० लाख पुनरकर्जा उपयोग भएको छ । अघिल्लो वर्षको सोही अवधिमा साधारण पुनरकर्जा रु चार अर्ब ५७ करोड र निर्यात पुनरकर्जा रु एक अर्ब १७ करोड गरी जम्मा रु पाँच अर्ब ७४ करोड पुनरकर्जाको उपयोग भएको थियो ।

दश महिनासम्ममा खुला बजार कारोबारमार्फत् रु ६१ अर्ब तरलता प्रवाह भएको छ ।

वि.सं.२०७४ जेठ २५ बिहीवार १५:०७ मा प्रकाशित

Himalayan Life AD
टियागो इभिमा मेडिकल प्रोफेशनलहरूका लागि विशेष अफर, हरेक बुकिङमा लिटम्यान स्टेथोस्कोप

टियागो इभिमा मेडिकल प्रोफेशनलहरूका लागि विशेष अफर, हरेक बुकिङमा लिटम्यान स्टेथोस्कोप

काठमाडौँ । टाटा मोटर्स नेपालका लागि एकमात्र अधिकृत वितरक सिप्रदी...

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता

काठमाडौँ । नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच...

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई पाटन हेल्थ ल्याबमा विशेष छुट

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई पाटन हेल्थ ल्याबमा विशेष छुट

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु...

पाँच कारोबार पछि बढ्यो सेयर बजार

पाँच कारोबार पछि बढ्यो सेयर बजार

काठमाडौँ । लगातार छ कारोबरादेखि घटिरहेको सेयर बजार आज भने...