Logo
३ माघ २०७८, सोमबार
     Mon Jan 17 2022
E-paper
  English Edition
   Unicode
Logo

यसरी घटाउनुस् उच्च रक्तचाप



preasureeउच्च रक्तचापका औषधीहरू बानी नपर्ने हुन्छन् । जति दिन प्रयोग गरेपछि पनि छाड्न वा घटाउन मिल्छ । तर आम जनताले बुझेको कुरा फरक हो । रक्तचाप बढेको बेलामा औषधी खाएर नियन्त्रणमा ल्याएपछि औषधी अचानक छोड्न मिल्दैन ।

जुन कारणले रक्तचाप बढेको हो, त्यसलाई बरु नियन्त्रणमा लिइयो भने रक्तचाप स्वत: घट्न थाल्छ र औषधीको आवश्यकता कम हुने र बन्दै गर्न पनि मिल्छ । तर आफ्नै जीवनशैलीमा सुधार नगरेमा रक्तचाप नियन्त्रण गर्ने उपाय औषधीमात्रै हुन्छ, जसलाई घटाएपछि वा बन्द गरेपछि फेरि पहिलाकै अवस्थामा जान्छ, जसलाई आम मानिसले भ्रमवश बानी परेको बुझ्छन्, जुन गलत हो ।

तपाईंले आफ्नो जीवनशैलीमा परिवर्तन गर्नुभएन भने यो औषधी बाँचुन्जेल खानुपर्ने हुनसक्छ । तर सुरुमा यो सोचेर औषधी नखानु गलत मानसिकता हो । किनभने औषधी सुरु गरेपछि जीवनशैलीमा सुधार गरेमा पछि घटाउने वा बन्द गर्ने पनि हुनसक्छ ।

तर अधिकांश बिरामीलाई रक्तचापको औषधी लामो समयसम्म (बाँचुन्जेल होइन) खानुपर्ने हुन्छ । ५० वर्ष मुनिका अधिकांश बिरामीमा हामीले औषधी सुरु गरेको केही महिनापछि घटाउन प्रयास गर्ने गर्छौं ।

कति दिनसम्म, कति मात्रा खाने हो, यो कुरा तपाईको स्वास्थ्य अवस्था, रक्तचापको जटिलता, जीवनशैली, उमेर, वंशाणुगत, मोटोपना आदि कुरामा भर पर्छ, जुन डाक्टरको अनुभवले निर्णय गर्ने कुरा हो ।

औषधी को मात्रा घटाऊन वा बन्द गर्न को लागि ,

१) दिनहु ६ कि मी वा १ घण्टा भन्दा बढी हिंड्नु

२) वजन लाई १०% वा १० केजि घटाऊने (दुब्लो बाहेक)

३) चुरोट को प्रयोग पूर्ण रुपले बन्द गर्ने।

४) मदिरा को सेवान बन्द गर्ने वा कहिलेकाही थोरै मात्रै पिउने

५) खाना मा नून को प्रयोग घटाऊने ।

६) मानसिक त ना व कम गर्न प्रयास गर्ने

७) रेडीमेड र फास्टफूड को प्रयोग न्यून गर्ने

८) फल्फूल साग्सब्जी को प्रयोग बढाउने

९) शरीर र मस्तिस्क लाई बिश्राम दिने

१०) आफुलाई प्रशन्नता दिने काम मा शाहभागी हुने

पोटासियम युक्त खाना धेरै खानुपर्छः पोटासियम बढी भएको खानेकुराले रक्तचापघटाउछ । त्यसैले हाम्रो दैनिक खानामा पोटासियम बढी भएका खानेकुराहरु हुनुपर्छ । साइट्रस Fruits जस्तैः सुन्तला, कागती, मौसम आदिमा पोटासियम बढी हुन्छ । केरा र अन्य ताजा फलपूलमा पनि पोटासियम बढी पाइन्छ । ताजा फलपूल नियमित खानुपर्छः ताजा Fruits मा पाइने भिटामिन, मिनेरल्स् र फाइवरले Heartलाई स्वस्थ राख्ने मात्रै नभई, यसको नियमित प्रयोगले रक्तचाप पनि घटाउछ ।

प्रशस्त हरियो सागसब्जी खानुपर्छः प्रतिदिन नियमित २,३ चोटी हरियो सागसब्जी खानुपर्छ । माछाको प्रयोग फाइदाजनक मानिन्छः हप्तामा २ चोटी माछा खादा राम्रो हुन्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको गुण एयरलाइन्सको जहाजको ढोका अचानक आकाशमै खुलेपछि काठमाडौं

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक

लालबहादुर ढेंगा, दुबई, युएई । राहदानी बिभागले हाल बिद्युतीय राहदानी (भ(एबककउयचत) जारी गर्ने कार्यको

काठमाडौं । विभिन्न चार बैंकबाट ८० करोड रुपैयाँ ऋण निकालेर मदिरा व्यवसायी गरेको एक

काठमाडौं । तराई मधेश केन्द्रीत नेताहरुमा पार्टी विभाजन गर्ने र पुरानै दललाई ब्यूँताउने लहर