back

बेल्जियमका न्यायमंत्रीलाई लुम्बिनीको तस्बिर उपहार

वि.सं.२०७४ जेठ २७ शनिवार

579 

shares
IME Limited
NTC AD

Handover_Poster_of_Lumbiniलुभेन, बेल्जियम – लुम्बिनी-कपिलवस्तु विश्व अभियानले लुम्बिनी विकाश कोषसँग सहकार्य गरि भगवान बुद्धको जन्मस्थल लुम्बिनी, नेपाललाई विश्वसमुदाय माझ विश्वशान्ति नगरको रुपमा स्थापित गर्ने उद्देश्यले २७ नोभेम्वर २०१६ का दिन युरोपको राजधानी ब्रुस्सेल्समा एक महत्वपुर्ण अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरेको थियो ।

उक्त सम्मेलनको प्रमुख अतिथिको लागि अभियानले प्रधानमंत्री चार्ल्स मिखेललाई अनुरोध गरेको थियो भने अन्य मन्त्रीहरुलाई पनि अतिथिको रुपमा निमन्त्रणा गरेको थियो । प्रधानमन्त्री मिखेल र अन्य मन्त्रीहरुले अन्य कार्यक्रमहरुको व्यस्तताका कारण उपस्थित हुन नसके पनि सम्मेलन सफलताको लागि शुभकामना सन्देशहरु पठाएकाथिए । प्रधानमन्त्री मिखेलको शुभकामना सन्देश सम्मेलनमा पढेर सुनाइएको थियो ।

अभियानले सम्मेलनमा सहभागिताको लागि ब्रुसेल्स्स्थित विभिन्न कुटनीतिक निकायहरुलाई पनि अतिथिको रुपमा आमन्त्रण गरेकोमा माल्दिभ्सको उपस्थिति थियो भने अन्य कुटनीतिक निकायहरुले शुभकामना सन्देशहरु पठाएका थिए ।

सम्मेलनमा सहभागी नभएका मंत्रीहरु एवं कुटनीतिक निकायहरुलाई सम्मेलनमा प्रस्तुत भएका आधिकारिक कार्यपत्रहरु र प्रवर्धनात्मक सामाग्रीहरु हस्तान्तरण गर्न सम्बन्धित ती निकायहरुसँग अभियानले सम्पर्क गर्दै समय मिलाएर हस्तान्तरण गर्ने योजना बनाएको छ ।

सोहि योजना अनुरुप यसै हप्ता बेल्जियमका न्यायमंत्री कोएन गॆएन्सको नाममा आयोजित क्रिस्चियन डेमोक्रेटिक पार्टीले आयोजना गरेको मिड समर फेस्टिभलका क्रममा लुम्बिनी-कपिलवस्तु दिवस विश्व अभियानका युरोप सल्लाहकार तथा लुम्बिनी-कपिलवस्तु विश्व अभियान, बेल्जियमका अध्यक्ष दामोदरप्रसाद आचार्यले मंत्री गॆएन्सलाई फ्रेममा राखिएको लुम्बिनीको तस्बिर उपहारस्वरुप प्रदान गर्नुभयो । तस्बिर हस्तान्तरण गर्दै अध्यक्ष आचार्यले लुम्बिनी विश्व शान्तिको केन्द्रको रुपमा रहेको बारेमंत्री गॆएन्सलाई जानकारी गराउनु भएको थियो। बेल्जियमको संघीय संसदकी सांसदइल्स वन हूफको निमन्त्रणामा अध्यक्ष आचार्य उक्त फेस्टिभलमा सहभागी हुनुभएको थियो ।

वि.सं.२०७४ जेठ २७ शनिवार ११:४७ मा प्रकाशित

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर

बेल्जियम । मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित...

इजरायलमा रहेका नेपालीलाई उद्धार गर्न दूतावासले थाल्यो नाम दर्ता

इजरायलमा रहेका नेपालीलाई उद्धार गर्न दूतावासले थाल्यो नाम दर्ता

काठमाडौँ । इजरायलको तेल अविवस्थित नेपाली दूतावासमा नेपालीको उद्धारका लागि...

अमेरिकामा नेपाली परिवारका चारजना मृत भेटिए

अमेरिकामा नेपाली परिवारका चारजना मृत भेटिए

अमेरिका । अमेरिकाको भर्जिनिया राज्यस्थित मनासस पार्क शहरमा एक नेपाली...

नेपाली जनप्रगतिशील मञ्च बेल्जियमको अध्यक्षमा मनिष गुरुङ

नेपाली जनप्रगतिशील मञ्च बेल्जियमको अध्यक्षमा मनिष गुरुङ

इन्दिरा चाम्लिङ, बेल्जियम । नेपाली जनप्रगतिशील मञ्चको अध्यक्षमा मनिष गुरुङ...

‘अफगानिस्तानको आगो’ लोकार्पण

‘अफगानिस्तानको आगो’ लोकार्पण

पोर्चुगल । अनेसास पोर्चुगलको आयोजनामा रामप्रसाद पन्त (आरपी) द्वारा लिखित...

क्यानडामा ’जातीय विभेदमुक्त विश्वका लागि विश्व सम्मेलन’ सम्पन्न

क्यानडामा ’जातीय विभेदमुक्त विश्वका लागि विश्व सम्मेलन’ सम्पन्न

टोरन्टो । ’जातीय विभेद मुक्त विश्वका लागि विश्व सम्मेलन २०२५’...