back

प्रदेश महासङ्घ आर्थिक रुपमा सशक्त हुने–पूर्वअध्यक्ष ढकाल

वि.सं.२०७४ जेठ २७ शनिवार

636 

shares

२७ जेठ, पोखरा । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चण्डिराज ढकालले देशका सातवटै प्रदेशमा स्थापना भएका उद्योग वाणिज्य महासङ्घ आर्थिक रुपमा सशक्त हुने बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं – ४ को प्रथम सभाको आज यहाँ उद्घाटन गर्दै उहाँले केन्द्रको आम्दानीमध्येको ४० प्रतिशत प्रदेश उद्योग वाणिज्य महासङ्घका लागि छुट्टाइने जानकारी दिनुभयो ।

पूर्वअध्यक्ष ढकालले स्थानीय तहका निर्वाचित पदाधिकारीसँग सहकार्य गरेर स्रोत र साधनको अधिकतम परिचालनबाट मुलुकलाई आर्थिक समृद्धितर्पm अग्रसर गराउन महासङ्घले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

महासङ्घ प्रदेश नं– ४ तदर्थ समितिका संयोजक सञ्जीवबहादुर कोइरालाको अध्यक्षतामा भएको सो कार्यक्रममा महासङ्घका केन्द्रिय सदस्य दीपक लम्साल, निर्माणकुमार श्रेष्ठ, ध्रुव भारी, म्याग्दी उद्योग वाणिज्य महासङ्घका अध्यक्ष जीवन विश्वकर्मा र सहायक प्रमुख जिल्ला अधिकारी झलकराम सुवेदीलगायतले मुलुकको आर्थिक समृद्धि सबैको साझा दायित्व भएको बताउनुभयो ।

प्रदेश नं– ४ को नेतृत्वसमेत चयन गर्ने गरी आयोजना गरिएको सो सभामा यस प्रदेश अन्तर्गतका १७ जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष र प्रतिनिधिको सहभागिता छ ।

वि.सं.२०७४ जेठ २७ शनिवार १२:२० मा प्रकाशित

Himalayan Life AD
काँकरभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

काँकरभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

भद्रपुर (झापा) । ङ्सिरः चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

गल्याङमा देवकोटा काव्य उत्सव २०८२ भव्य रूपमा सम्पन्न

गल्याङमा देवकोटा काव्य उत्सव २०८२ भव्य रूपमा सम्पन्न

स्याङ्जा । स्याङ्जाको गल्याङमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्तीको...

अल्बानिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

अल्बानिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा पाठाईदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई...

मार्तडीमा आगलागी, करोडौँको क्षति

मार्तडीमा आगलागी, करोडौँको क्षति

बाजुरा । जिल्ला सदरमुकाम मार्तडीमा आज आगलागी भएको छ ।...

एनपिएलः माज सदाकत बने अर्धशतक बनाउने २०औँ खेलाडी

एनपिएलः माज सदाकत बने अर्धशतक बनाउने २०औँ खेलाडी

काठमाडौँ । जनकपुर बोल्ट्सका माज सदाकत नेपाल प्रिमियर लिग (एनपिएल)...

धान उत्पादनमा वृद्धि

धान उत्पादनमा वृद्धि

त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा धान उत्पादनमा वृद्धि...