ब्रासिलिया । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोन वार्ता गरी दण्डात्मक करवृद्धि हटाउन आग्रह गरेका छन् ।
महिनौँदेखिको कूटनीतिक दुश्मनीपछि दुई अमेरिकी नेताहरूबीच भएको पहिलो औपचारिक वार्तामा दण्डात्मक करवृद्धि हटाउन आग्रह गरिएको हो ।
ब्राजिली राष्ट्रपतिको कार्यालयले जारी गरेको वक्तव्यमा दुई नेताबीच मित्रवत शैलीमा कुराकानी भएको उल्लेख छ । वार्तामा राष्ट्रपति लुलाले आफ्नो देशका सामानमा लगाइएको कर हटाउन र ब्राजिली अधिकारीमाथि लगाएको प्रतिबन्ध हटाउन अनुरोध गर्नुभएको वक्तव्यमा उल्लेख छ । (रासस/एएफपी)
वि.सं.२०८२ असोज २१ मंगलवार ०९:४४ मा प्रकाशित
























