back

राप्ती प्रतिष्ठानका तत्कालीन उपकूलपति भण्डारीसहित १३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

वि.सं.२०८२ असोज २३ बिहीवार

435 

shares

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपति प्राडा सङ्गीता सिंह भण्डारी, तत्कालीन कामु रजिष्ट्रार झन्कार लामिछानेसहित १३ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार प्रतिष्ठानकी तत्कालीन उपकुलपति भण्डारीसमेतले प्रतिष्ठानका लागि ‘एमआरआई’ मेसिन कम गुणस्तरको खरिद गरी गराई आर्थिक अनियमितता गरेको भन्नेसमेत व्यहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धानपछि आरोपितविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
तत्कालीन उपकुलपति भण्डारीसमेतले एमआरआई मेसिन खरिदमा सार्वजनिक खरिद ऐन र नियमावलीविपरीत बदनियतपूर्ण ढङ्गले कम गुणस्तरका उपकरण खरिद गरेको र खरिद आवश्यकताको पहिचान एवं खरिद गुरुयोजना नबनाई बजेट मााग गरी पदाधिकारी र कर्मचारीको मिलेमतोमा खरिद गरी अनियमितता गरेको पाइएको आरोपपत्रमा उल्लेख छ ।

अख्तियारले भण्डारीविरुद्ध रु १२ करोड सात लाख ६० हजार ९४५ भ्रष्टाचार गरेको अभियाोगसहित मुद्दा दर्ता गरेको हो । सोही प्रकरणमा प्रतिष्ठानका तत्कालीन कामु रजिष्ट्रार लामिछाने, तत्कालीन फाइनान्स मेनेजर कैलाशप्रसाद देव, बायोमेडिकल इन्जिनियर शरद भण्डारी, काठमाडौँका बायोमेडिकल इन्जिनियर अमितकुमार चौधरी, प्रतिष्ठानका डेपुटी फाइनान्स मेनेजर नितिन कुर्मीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

सोही प्रकरणमा प्रतिष्ठानका शाखा अधिकृत छायाँ डिसी, शाखा अधिकृत श्रीराम चौधरी, हिरालाल भण्डारी, तत्कालीन सिभिल इन्जिनियर मदन भण्डारी, तत्कालीन वरिष्ठ सहायक अञ्जु शर्मा, तत्कालीन बायोमेडिकल इन्जिनियर सुजाता भट्टराई, लुम्बिनी हेल्थकेयर प्रालि तथा उक्त कम्पनीका मुख्य भई काम गर्ने अध्यक्ष पोस्टराज ज्ञवालीसहितलाई रु १२ करोड सात लाख ६० हजार ९४६ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

 

वि.सं.२०८२ असोज २३ बिहीवार १७:४९ मा प्रकाशित

Himalayan Life AD
लामिनारले सार्वजनिक गर्‍यो “मेरो सपनाको घर” अभियान, दुई नेपाली परिवारको घर मेक-ओभर हुने

लामिनारले सार्वजनिक गर्‍यो “मेरो सपनाको घर” अभियान, दुई नेपाली परिवारको घर मेक-ओभर हुने

काठमाडौं । लामिनार भिट्रिफाइड टायलले नेपालमै पहिलो किसिमको कोठा र...

एक्साइड ब्याटमोबाइल सेवा पचास हजार ग्राहकसम्म

एक्साइड ब्याटमोबाइल सेवा पचास हजार ग्राहकसम्म

एक्साइड ब्याटमोबाइल सेवाले ५० हजार ग्राहक सेवा पुर्‍याउँदै महत्वपूर्ण उपलब्धि...

सिप्रदी ट्रेसिङद्वारा टाटा ईभीका लागि ‘Winter EV Service And Exchange Camp’ घोषणा

सिप्रदी ट्रेसिङद्वारा टाटा ईभीका लागि ‘Winter EV Service And Exchange Camp’ घोषणा

काठमाडौं । टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेसिङ...

जनज्योति स्काउट टोलीको पदयात्रा सम्पन्न, देवचुली डाँडामा फहरायो स्काउट झण्डा

जनज्योति स्काउट टोलीको पदयात्रा सम्पन्न, देवचुली डाँडामा फहरायो स्काउट झण्डा

नवलपुर ।  देवचुली नगरपालिका–१५ स्थित श्री जनज्योति माध्यमिक विद्यालयका स्काउट...

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक...

अलास्का-युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

अलास्का-युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

लस एन्जलस  । अमेरिकी राज्य अलास्का र क्यानाडाको युकोन क्षेत्रको...