back

स्टार्टअप वर्ल्डकपका लागि नेपाली टोली अमेरिका प्रस्थान

वि.सं.२०८२ असोज २४ शुक्रवार

633 

shares

 

काठमाडौँ । स्टार्टअप वर्ल्डकप, २०२५ को विश्व प्रतिस्पर्धाका लागि नेपाल च्याम्पियन स्टार्टअप टोली संयुक्त राज्य अमेरिकाको सिलिकन भ्याली प्रस्थान गरेको छ ।

 

‘स्टार्टअप हब नेपाल’ र ‘वर्ल्ड ट्रेड गु्रप’ले नेपालमा आयोजना गरेको नेपालको सबैभन्दा प्रतिष्ठित अन्तरराष्ट्रिय स्टार्टअप प्रतिस्पर्धाको नेपाल विजेता डिएल सर्फका तर्फबाट संस्थापक अर्जुन घिमिरे बिहीबार अमेरिका प्रस्थान गर्नुभएको हो । रु १४ करोड ४० लाख बराबरको पुरस्कार रहेको प्रतिस्पर्धामा नेपालले विजेता बन्ने सपना देखेको स्टार्टअप हब नेपालका अध्यक्ष तथा साउथ एसिया प्रमुख डा शम्भु पोखरेलले बताए । यो प्रतियोगिताले नेपाली स्टार्टअपलाई विश्वव्यापी सोच राख्न प्रेरित गर्ने उनको भनाइ छ ।

 

यही अक्टोबर १७ देखि २२ सम्म अमेरिकामा हुने ग्लोबल फिनालेमा नेपालको प्रतिनिधित्व गर्दै डिएल सर्फले विश्वका सय देशका च्याम्पियन स्टार्टअपसँगग प्रतिस्पर्धा गर्नेछन् ।

 

स्टार्टअप वल्र्डकपको स्थापना विश्वकै धनी व्यक्ति एलन मस्कको स्पेस एक्सको कम्पनी पिगासस टक भेञ्चरले सुरु गरेको हो । यो विश्वकै सबैभन्दा ठूलो स्टार्टअप प्रतियोगिता मानिन्छ, जसले उद्यमीलाई ग्लोबल एक्सपोजर, लगानी र विश्वस्तरमा आफ्नो सञ्जाल विस्तार गर्ने अवसर दिने गरेको छ ।

 

वि.सं.२०८२ असोज २४ शुक्रवार १२:५९ मा प्रकाशित

Himalayan Life AD
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ रासायनिक मल आयातको अवस्था

यस्तो छ रासायनिक मल आयातको अवस्था

काठमाडौँ । सरकारले हालसम्म चार लाख ६५ हजार मेट्रिक टन...

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर...

आज आइतबार : तपाईंको राशिफल कस्तो छ ?

आज आइतबार : तपाईंको राशिफल कस्तो छ ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)...

टुकुचा सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बनाइने

टुकुचा सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बनाइने

काठमाडौँ । काठमाडौंको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा...