back

सगरमाथाको कथामा तयार भएको ‘जेरी अन टप’ आजदेखि प्रदर्शनमा

वि.सं.२०८२ असोज ३१ शुक्रवार

348 

shares

काठमाडौँ । विश्वकै सर्वोच्च शिखर सगरमाथा नेपालमा छ । यसको कथालाई लिएर हलिउडमा चलचित्र र वृत्तचित्र बनिसकेका छन् । यद्यपि नेपालमै रहेको सगरमाथासँग जोडिएर कथा तयार गरेर नेपाली चलचित्र बल्ल तयार भएको छ । सगरमाथा आरोहण र त्यसक्रमको प्रेमकथामा आधारित रहेर तयार गरिएको नेपाली चलचित्र ‘जेरी अन टप’ ले सगरमाथालाई मुख्य विषय बनाएको छ ।

चलचित्रले नेपालको पर्यटकीयस्थलको प्रवद्र्धन गर्नुका साथै सुन्दरतालाई विश्वभर पु¥याउन थप मदत गर्ने अभिनेता अनमोल केसीले बताए । आजदेखि प्रदर्शनमा आएको उक्त चलचित्रको दर्शक प्रतिक्रिया बुझ्न चलचित्र भवन पुगेका अभिनेता केसीले चलचित्र निर्माणको मुख्य चुनौती नै सगरमाथाको विषय रहेको बताए ।

उनले भने, “हामीले चलचित्रको कथा तयार गर्दा नै नेपाली स्रोत र साधनले सगरमाथालाई कसरी चित्रण गर्न सकिन्छ भनेर धेरै छलफल गरेका थियौँ । किनकि प्राविधिक रुपमा हामीले त्यहाँ छायाङ्कन गर्न सहज छैन, फेरी हामीले नेपाली बजारलाई मध्यनजर गर्दै चलचित्रमा लगानी लगाउनुपर्छ । तर, हामी सबैको मेहनतले आज हामीले चलचित्र तयार गर्न सफल भएका छौँ ।”

चलचित्रमा अभिनेता केसीले सगरमाथा चढ्ने युवाको भूमिका निर्वाह गरेका छन् । चलचित्रमा देखिँदा स्वाभाविक लागोस भनेर उनले र चलचित्रमा सगरमाथा चढ्न सघाउने ‘गाइड’ बनेकी अभिनेत्री जसिता गुरुङले एक महिना प्रशिक्षण पनि लिएका थिए ।

“हामीले दृश्यमा सगरमाथाको सुन्दरतासँगै त्यहाँ देखिने कलाकार र अन्य पक्ष स्वभाविक लागोस् भनेर शेर्पा दाइहरूकै निगरानीमा काम गरेका थियौँ । हामीले सक्दो लगानी र मेहनतले चलचित्र तयार गरेका छौँ । यसले एउटा पारिवारिक प्रेम कथासँगै हाम्रै देशमा रहेको सगरमाथाको विशेषतालाई चलचित्रमा ल्याएको छ”, अभिनेता केसीले भने ।

आजदेखि प्रदर्शनमा आएको चलचित्र ‘जेरी अन टप’ पश्चात् अन्य निर्मातालाई पनि हिमाली कथामा चलचित्र बनौँ प्रेरणा मिल्ने अभिनेता केसीको बुझाइ छ । अभिनेत्री गुरुङले पनि पात्रलाई स्वभाविक देखाउन सक्दो मेहनत गरेको बताए ।

“हिमालसँग नजिक रहेको युवतीको भूमिका भएकाले पनि मैले त्यहीअनुरुप तयारी गरे । हाम्रो देश नेपालको हिमाली भेगको सुन्दरतालाई चलचित्रभर दर्शकले देख्न पाउनु हुनेछ । सार्वजनिक प्रचारप्रसारमा देखिएका श्रव्यदृश्यभन्दा चलचित्र झनै भव्य छ”, अभिनेत्री गुरुङले भनिन् ।

चलचित्रकी अर्की अभिनेत्री आँचल शर्माले झन्डै ११ वर्ष अगाडि प्रदर्शन भएको ‘जेरी’ले युवापुस्तालाई चलचित्र भवनसम्म आकर्षित गरेकोले सोही नामसँग मिल्दो चलचित्र ‘जेरी अन टप’ले पनि नयाँ पुस्तालाई आकर्षित गर्ने बताईन् ।

“जेरी प्रदर्शन हुँदा म चलचित्रमा आएको थिइन । त्यो बेला चलचित्र भवनमै पुग्नुपर्छ भनेर हामी युवापुस्तामाझ चर्चा हुन्थ्यो । अहिले सोही नाम र सोही अभिनेतासँग चलचित्रमा काम गर्न पाउँदा खुसी लागेको छ । यस चलचित्रले पनि नयाँ पुस्तालाई चलचित्र भवनसम्म ल्याउनेमा विश्वस्त छु”, अभिनेत्री शर्माले भनिन् ।

उक्त चलचित्रका प्रस्तुतकर्ता सरोज न्यौपानेले युवापुस्ताको कथामा नेपालको सौन्दर्य देखिने एउटा स्तरीय चलचित्र बनाउने कोसिस गरेको बताए । उनले भने, “हामीले नेपालको सौन्दर्यलाई चलचित्रमा प्रस्तुत गरेका छौँ, चलचित्रको मुख्य पात्रले सगरमाथा आरोहण गर्ने क्रममा निम्तिने घटनाक्रम देखाइएकाले यसले पर्यटनमा टेवा पु¥याउने अपेक्षा लिएको छु, नेपाली चलचित्र भनेर गौरव गर्न मिल्ने गरी हामी सबैले मिहिनेत गरेका छौँ ।”

उक्त चलचित्रमा अभिनेता केसीसँगै भुवन केसी, आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे ‘माग्नेबुढा’, उषा खड्गीलगायत कलाकारले अभिनय गर्नुभएको छ । ‘अनन्या फिल्म्स प्रोडक्सन’बाट निर्मित ‘जेरी अन टप’को सुयोग गुरूङले निर्देशन गरेका छन् । यस चलचित्रमा हेमराज विसीले कथा लेखन, विश्वास तिम्सिनाले पटकथा लेखन र दुलिप रेग्मीले छायाङ्कन गरेका छन् ।

वि.सं.२०८२ असोज ३१ शुक्रवार ११:२९ मा प्रकाशित

Himalayan Life AD
अलास्का-युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

अलास्का-युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

लस एन्जलस  । अमेरिकी राज्य अलास्का र क्यानाडाको युकोन क्षेत्रको...

गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको दुःखद मृत्यु

गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको दुःखद मृत्यु

मुम्बई । भारतको लोकप्रिय पर्यटक गन्तव्य गोवामा अवस्थित एक नाइटक्लबमा...

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल । वेस्टर्न मेगा कलेज, बुटवल-१५, रूपन्देहीद्वारा MBA 2025 Intake...

गतिशील र समाधानउन्मुख संवादका लागि दोहा फोरम

गतिशील र समाधानउन्मुख संवादका लागि दोहा फोरम

दोहा (कतार) । विश्वव्यापी व्यापार, प्राविधिक विकास र कृत्रिम बौद्धिकताको...

सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

भोजपुर । जनस्तरसम्म स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित नेपाली सेनाले टेम्केमैयुङ...

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

राँझा (बाँके) । बाँकेका किसानले तेलहन बालीको खेती कम गर्दै...