back

महिला समाज कतारले तीज विविध कार्यक्रमसहित मनाउने

वि.सं.२०७४ जेठ २९ सोमवार

654 

shares

nepali-mahila-samaj-qatar
दिल कुमार श्रेष्ठ, दोहा । नेपाली महिला समाज कतारले गर्न लागेको तिज कार्यक्रमको लागी कतारमा रहेका संघसस्थाहरुसंग छलफलको गर्ने भएको छ । महिलाहरुको पवित्र पर्व हरितालिका तीजको अवसरमा समाजले गर्न लागेको कार्यक्रमका लागी सुझाव सल्लाह र सहयोगको लागी कतारका स्थापित संघसस्थाहरुलाई उपस्थितिको लागी आह्वान गर्दै बैठक बोलाएको समाजकी अध्यक्ष सुस्मिता भुसालले जानकारी दिएकी छिन् ।
सर्वप्रथम नेपाली महिला समाज कतारले समन्वय गरी २०७४ विविध सांगीतिक कार्यक्रमहरु सहित भव्यरुपमा आयोजना गर्न गइरहेको जानकारी गर्न चाहान्छौं्र
समाजले हरितालिका तिजको अवसर पारेर आगामी २५ अगस्त २०१७ मा विविध सांगीतिक कार्यक्रमहरु गर्ने भएको छ । कार्यक्रमले मनोरञ्जनात्मक मात्र नभएर कार्यक्रमलाई मुलुक कै बिपन्न अवस्थामा रहेका चेपाङ जातिका बालबालिकाहरुको सहयोग गर्ने कल्याणकारी लक्ष्य राखेको छ ।
विगतमा तीज कार्यक्रम महिला समाज लगाएत अन्य संघसंस्थाहरुले आ–आफ्नै तरिकाले छुट्टा छुट्टै मनाउने गरेको थियो । यसपटक संयुक्त रुपमा विभिन्न संघसंस्था लगायत कतारमका व्यावसायिक समेट्दै एक ठाउँमा तिज मनाउने प्रयास गरेको छ । त्यसै अनुरुप समाजले आयोजना गर्न गैरहेको कार्यक्रमलाई एतिहासिक रुपका र भव्य बनाउन कतारका स्थापित संघसंस्था लगायत बुद्दिजिबिसंग बारेमा अझै बढी छलफल गर्नको लागि बैठकमा उपस्थिति भएर राय सल्लाह सुझाव दिन अनुरोध गरेको छ ।

वि.सं.२०७४ जेठ २९ सोमवार ०२:०९ मा प्रकाशित

Himalayan Life AD
एनआरएनए अध्यक्ष श्रेष्ठसँग अफ्रिकाका एनआरएनको अन्तरक्रिया कार्यक्रम

एनआरएनए अध्यक्ष श्रेष्ठसँग अफ्रिकाका एनआरएनको अन्तरक्रिया कार्यक्रम

अफ्रिका । एनआरएनए एकताको खुशीको शन्देस बाड्न एनआरएनएका अध्यक्ष महेशकुमार...

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...